Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
आईएओएमको नयाँ डिन नियुक्त, डा.केसीले अनसन तोड्दै – Gaule Khabar

आईएओएमको नयाँ डिन नियुक्त, डा.केसीले अनसन तोड्दै

आईएओएमको नयाँ डिन नियुक्त, डा.केसीले अनसन तोड्दै

काठमाडौं, मंसिर १८–

चिकित्साशास्त्र अध्ययन संस्थान आईएओएमको नयाँ डिनमा डा.जगदिश अग्रवाल नियुक्त भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (शनिबार) बसेको त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बैठकले आजैका मितिदेखि लागू हुनेगरी आइओएमको डिनमा अग्रवाललाई नियुक्त गरेको हो ।

उनी वरिष्ठतम् प्राध्यापक छन् । न्यूरोलोजिस्ट अग्रवाल मेडिकल शिक्षामा विज्ञको रुपमा गनिन्छन् ।

यसअघि वरिष्ठता मिचेर डिन बनाइएपछि डा. गोविन्द केसी २१ दिनदेखि अनसनमा बसेका छन् ।

डिन नियुक्तिसँगै अन्य मागमासमेत सहमति नजिक भएकाले डा. केसीको अनसन पनि आजै तोडिने भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका