खस्किदै नेपाली महिला क्रिकेटको स्तर, के फेरिएला प्रशिक्षक र कप्तान ?

खस्किदै नेपाली महिला क्रिकेटको स्तर, के फेरिएला प्रशिक्षक र कप्तान ?

काठमाडौं, मंसिर १८–

विश्व क्रिकेटमा नेपाली पुरुष क्रिकेट टिमले आशा जगाई रहँदा महिला क्रिकेटको स्तर भने दिनप्रति दिन खस्कदै गईरहेको छ ।

नेपाली महिला क्रिकेट टोलीको स्तर खस्किएको कुराको पुष्टि गर्छ हाल थाईल्याण्डमा भईरहेको टि–ट्वान्टी महिला एसिया कप प्रतियोगितामा नेपालको प्रदर्शनले । प्रतियोगितामा सबै ५ खेल खेलेको नेपालले सबै खेलमा लज्जास्पद हार बेहोर्यो । जसका कारण टिमको प्रशिक्षक र कप्तान माथि नै औला सोझिएको छ ।

नेपाली महिला क्रिकेटको स्तर खस्किएको प्रति चिन्ता जनाउँदै क्रिकेट समर्थकहरु प्रशिक्षक राजु बस्न्यात र कप्तान रुबिना क्षेत्रीको राजीनामा समेत माग गरेका छन् । सामाजिक संजाल मार्फत उनीहरुले महिला क्रिकेटको स्तर वृद्धिका लागि तत्काल प्रशिक्षक र कप्तानले राजीनामा दिनुपर्ने माग राखेका छन् । एक क्रिकेट समर्थक सन्जय प्रशन्न धरेलले भने–“नेपाली महिला क्रिकेटको अवस्था बारे कसैलाई चिन्ता छैन, सुधारका लागि पहिले प्रशिक्षक र कप्तानलाई हटाउनु जरुरी छ ।” उनले विवादमा तानिएका प्रशिक्षकले तत्काल राजीनामा समेत दिनुपर्ने बताए ।

नेपाली क्रिकेटको विकासका लागि घचघच्याउन गठन भएको क्रिकेट समर्थक समाजले पनि महिला क्रिकेटको विकासका लागि व्यापक सुधार आवश्यक रहेको बताएको छ ।

यस्तो छ सामाजिक संजालमा आक्रोश

cricket-suppoters

थाईल्याण्ड र हङकङ भएको प्रदर्शनले अहिले नेपाली क्रिकेट समर्थकहरुबीच हल्लीखल्ली मच्चिएको छ । लगातार खराब प्रदर्शन गरेपछि अहिले सामाजिक संजाल मार्फत नै समर्थकहरुले प्रशिक्षक र कप्तानको राजीनामा माग गरेका छन् । फेसबुकमा खिलराज नेपाल लेख्छन्–‘थाईल्याण्डसंग पनि लज्जास्पद हार भएपछि नेपाली टिमले आफ्नो थाईल्याण्ड भ्रमणको औचित्य नै समाप्त पारिदिएको छ ।’ यसरी नै धेरै समर्थकहरु फेसबुक माथि आक्रोश पोखेका थिए । प्रमोद बज्राचार्यले व्यङग्यात्मक ढंगले आक्रोश पोखेका छन्–‘राजु प्रभाईभेट लिमिटेडको चुरीफुरी समाप्त, क्रिकेटको नाममा एक पछि अर्को क्रिकेटको बजेट समाप्त ।’

यसरी बिबादमा परे कप्तान र प्रशिक्षक

एशिया कपमा खराब प्रदर्शन गरेपछि यतिबेला प्रशिक्षक राजु र कप्तान रुविना सबै तारो बनेका छन् । विशेषगरि प्रशिक बस्न्यात अहिले एउटा विवादमा समेत मुछिएका छन् ।

हङकङमा उनले महिला खेलाडीहरुमाथि यौन दुर्व्यवहार तथा गाली गलोज गरेको जस्ता घटना सार्वजनिक भएपछि उनी विवादमा मुछिएका छन् । तिनै प्रशिक्षक एसिया कपको लागि पनि छनौट भएपछि विरोधका स्वरहरु बाहिर आए । स्वंम खेलाडीहरु पनि त्यहाँ भएका घटना सार्वजनिक गरेका छन् । एउटा अडियो टेपमा दुई खेलाडीले प्रष्ट रुपमा प्रशिक्षको ज्यादतीको बारेमा बोलेका छन् । तर उनीहरु बाहिर सार्वजनिक हुन चाहदैनन् कारण व्यक्तिगत सुरक्षा ।

राष्ट्रिय टोली छनोट पनि विवादरहित हुन सकेन। कारण हङकङमा नेपालको तर्फबाट अलराउण्ड प्रदर्शन गरेकी निर्मलाकुमारी शाही टिममा थिइनन्। विश्वकप छनोटमा थाइल्याण्ड विरुद्धको पहिलो खेलमा निर्मलाले मात्र दोहोरो अंक स्कोर गर्दै ३६ रन बनाएकी थिइन् भने बलिङमा पनि सर्वाधिक ४ विकेट लिएकी थिइन्।

जसका कारण क्रिकेट समर्थकहरु धेरै आक्रोशित बने । त्यहीबीचमा विवादमा तानिएका प्रशिक्षक बस्न्यात पुनः प्रशिक्षक बनेपछि विवादको झन सिमै रहेन ।

यस्तो रह्यो एशिया कपमा नेपालको प्रदर्शन

राउण्ड रोबिनको आधारमा खेलाईको प्रतियोगितामा नेपालले पाँच वटा खेल खेल्ने अवसर पायो । जुन पाँचै खेलमा नेपालले लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।
बलिङमा केही सम्मानजन अवस्था देखाएपनि व्याटिङ भने पुरै कहिल्यै नखेलेको खेलाडी जस्तै बन्यो । नेपालले प्रतियोगिताको पहिलो खेलमा टेष्ट राष्ट्र पाकिस्तानसंग ४७ रन, श्रीलंकासंग २३ रन, बंगलादेशसंग ४१, थाइल्याण्डसंग ६३ र अन्तिम खेलमा भारतसंग २१ रन मात्रै जोड्न सक्यो । यस नतिजालाई हेर्दा नेपालको स्तर कहाँ पुग्यो भन्ने प्रष्ट हुन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ