Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
फेरि सल्बलाउन थाले बिचौलियाहरु – Gaule Khabar

फेरि सल्बलाउन थाले बिचौलियाहरु

फेरि सल्बलाउन थाले बिचौलियाहरु

दिपेन्द्र अधिकारी,
चितवन, मंसिर १८–
चितवनमा कुनै समय निकै कम भइसकेको बिचौलिया गतिविधि फेरि सल्बलाउन थालेको छ । सेवाग्राहीको अति नै भीड हुने सरकारी कार्यालय, सरकारी अस्पताल, यातायात क्षेत्रमा यसरी बिचौलिया सल्बलाउन थालेका हुन् ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र प्रहरी प्रमुख एसपी वसन्त कुँवर सरुवा भएर गएलगत्तै बिचौलिया सल्बलाउन थालेको देखिन्छ । गुण्डागर्दीसँगै मौलाएको बिचौलिया गतिविधिलाई निस्तेज पार्ने सुरक्षा प्रमुखहरुको अभियानमा चितवनका स्थानीयले साथ दिएका थिए । आजको चितवन पोष्ट दैनिकमा खबर छ ।
यसअघि सेवाग्राहीलाई सहयोग गर्ने बहानामा दुःख दिने बिचौलियाको खोजी गरी प्रहरीले निरन्तर कारबाही गरेको थियो । ‘अस्पतालभित्र पर्ने सबै उपचार प्रक्रियामा सहयोग हुन्छ, आउनुहोस् बसौँ भन्दै ईरिक्साबाटै तान्न आउँछन्, वीपी कोइराला क्यान्सर अस्पताल भरतपुर परिसरमा भेटिएका धरानका सुमन राईले भने, ‘नयाँ नौलो ठाउँमा के कसो हो पत्तो हुँदैन, अनि कतिपय उनीहरुकै पछि लाग्ने गरेका पनि छन् ।’
मालपोत र नापी कार्यालय भरतपुरमा पनि फेरि बिचौलियाले आफ्नो प्रभाव पार्न थालेका छन् । मालपोत कार्यालय भरतपुरमा शुक्रबार दिउँसोको समयमा पुग्दा वास्तविक सेवाग्राहीभन्दा पनि अन्य व्यक्तिहरु लालपूर्जा, अन्य कागजात बोकेर यतिउता हिँडिरहेका थिए ।
‘अन्तिममा चिया खर्च दिए हुन्छ सबै काम म मिलाउँछु भन्दै हिँडिरहेका छन्’, मालपोत कार्यालय परिसरमा रहेको चौतारामा आफन्तसँग गफिदै गरेका चितवन जुटपानीका एक सेवाग्राहीले कार्यालयमा मेलोमेसो नभएका कारणले पनि आफूहरुले एक्लै काम गर्न नसक्ने हुँदा चिया खर्च भन्दै हजार–पन्ध्रसयमा काम सक्ने गरेको बताए ।
जिल्ला प्रहरी प्रमुखका रुपमा रहँदा बसन्त कुवँरले बिचौलियालाई मुद्दा चलाएका थिए । ‘बिचौलिया छुटाउन भनी राजनीतिक दल, व्यवसायी, सांसदसम्मले मलाई निरन्तर दबाब दिइरहे, एसपी कुँवरले भने, ‘तर म कतै पनि चुकिन र कसैसँग झुकिन ।’
चितवनमा भर्खरै आएका प्रहरी प्रमुख एसपी दीपक थापाले बिचौलियाहरु जुर्मुराएमा नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंह र प्रहरी प्रमुख एसपी वसन्त कुँवर चितवनबाट सरुवा भएपछि बिचौलियाले खुशी मनाई पार्टी नै आयोजना गरेको क्यान्सर अस्पताल स्रोतले जानकारी दिएको छ ।
बिचौलियालाई पक्राउ गरी धमाधम मु्द्दा चलाउन थालेपछि केही लेखापढी व्यवसायी, होटल व्यवसायीहरुले विरोधसमेत गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका