Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘सरकारले यातायात व्यवसायीको समस्या बुझिदिनु पर्यो’ – Gaule Khabar

‘सरकारले यातायात व्यवसायीको समस्या बुझिदिनु पर्यो’

‘सरकारले यातायात व्यवसायीको समस्या बुझिदिनु पर्यो’

चितवन, मंसिर १७–

पूर्वी चितवन टेम्पो, जीप, माईक्रो तथा मिनीबस व्यवसायी समितिको १६ औं वार्षिक साधारण सभा तथा ८ औं अधिवेशन आज (शुक्रबार) सम्पन्न भएको छ ।
सो अधिवेशनका प्रमुख अतिथि एवम् राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारले यातायात व्यवसायीको समस्या बुझिदिन आग्रह गरेका थिए । राष्ट्रिय उपाध्यक्ष सुवेदीले विभिन्न चुनौतीको सामना गर्दै यातायात व्यवसायीहरुले घरजग्गा बैंकमा राखी सवारी साधन संचालन गरिरहेको बताउँदै ट्यांकर व्यवसायलाई २० वर्ष पुरानो साधनमा ५ वर्ष गरे जस्तै अन्य सवारी साधनमा पनि २ वर्ष थप गरी संचालन गर्न दिन अनुरोध गरेका थिए । १७ लाख व्यवसायीहरु संघमा आवद्ध भई कार्यरत रहेको भन्दै केन्द्रीय उपाध्यक्ष सुवेदीले यातायात व्यवसायीले देशमा प्रति पुर्याएको योगदानको मूल्याङ्कन गर्न समेत सरकारसंग आग्रह गरेका थिए । आगामी फागुन देखि २० वर्ष पुरानो सवारी साधन संचालन गर्न नदिने सरकारी निर्णयलाई पूनर्विचार गरी व्यवसायीहरुलाई काम गर्ने वातावरण तयार गरिदिन समेत उनले आग्रह गरेका थिए ।
कार्यक्रममा महासंघका नारायणी अञ्चल संयोजक कपिल पाण्डे, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शिशिर सिंखडा, अधिवक्ता हिरादत्त तिवारी, समितिका पूर्व अध्यक्ष केशव लामा, व्यवसायी भोजराम थपलिया, कृष्ण बहादुर लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए । संस्थाका उपाध्यक्ष होमबहादुर गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम अध्यक्ष दामोदारको शाहीको अध्यक्षतामा भएको थियो ।
सो कार्यक्रममा समितिका अध्यक्ष दामोदार शाही र कार्यालय प्रमुख उद्धव खतिवडालाई सम्मान गरिएको थियो ।

यसैबीच सो ८औं अधिवेशनले प्रकाश पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । सो समितिको उपाध्यक्षमा भोजराम थपलिया, सचिव चेतनाथ दवाडी, कोषाध्यक्ष सुरेन्द्र मानन्धर, सहसचिव हरि बहादुर घिमिरे र सदस्यहरु जीवन सिंखडा, नविन बि.सी, भरत सापकोटा र रामशरण पाठक चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका