Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
विद्यालय ब्यवस्थापन समितीमा पहिलो पटक महिला – Gaule Khabar

विद्यालय ब्यवस्थापन समितीमा पहिलो पटक महिला

विद्यालय ब्यवस्थापन समितीमा पहिलो पटक महिला

चितवन, मंसिर १७–

पूर्वी चितवनको रत्ननगर–११ जमुनापुर स्थित श्री राष्ट्रिय प्रा वी जमुनापुरको विद्यालय ब्यवस्थापन समिती गठन गरिएको छ ।
पूर्वअध्यक्ष स्लाम मियाको अध्यक्षतामा बसेको बैठकले कार्यकाल पुरा गरेको पुरानो समिती खारेज गरि साबित्री सुवेदीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिती निर्बिरोध चयन गरेको हो । यस विद्यालयमा महिला अध्यक्ष बनेको पहिलो पटक हो ।
सुवेदीको अध्यक्षतामा चुनिएको समितिमा सदस्यहरुमा बिनु मोक्तान, सुनिता गुरुङ्ग, स्लाम मिया, चन्द्रप्रसाद पौेडेल, कृष्णप्रसाद अधिकारी र युवराज राउत रहनुभएको छ । कार्यक्रममा विद्यालय निरिक्षक रामकृष्ण सिम्खडा, श्रोतब्यक्ती अनिता अधिकारी, बिद्यालयका पूर्व अध्यक्ष प्रधानाध्यापक, शिक्षक लगाएत अविभावकहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा विद्यालय निरीक्षक रामकृष्ण सिम्खडाले शिक्षकको कमजोरीमात्र नदेखी आफ्नो कमजोरी पनि देख्न अविभावकलाई आग्रह गर्नुभयो । विद्यालय ब्यस्थापन समितिका नवनियुक्त अध्यक्ष सुवेदीले आफु सबैको साथ लिएर विद्यालय सुधारमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । वि.सं. २०४६ सालमा स्थापित यस विद्यालयमा आगामी शैक्षिक सत्रदेखी अँग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्ने तयारी रहेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका