Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चिकित्सकको लापरवाहीले बालिकाको ज्यान गएको आरोप – Gaule Khabar

चिकित्सकको लापरवाहीले बालिकाको ज्यान गएको आरोप

चिकित्सकको लापरवाहीले बालिकाको ज्यान गएको आरोप

कुल काफ्ले,
चितवन, मंसिर १७–

विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा चिकित्सकको लापरबाहिका कारण अस्पतालमा उपचाररत एक बालिकाको मृत्यु भएको आफन्तले आरोप लगाएका छन् ।

इलामको एकतप्पा गाविस बस्ने कृष्णकुमार राईकी ६ वर्षिय छोरी समिक्षाको ब्रेन क्यान्सरको उपचार गर्ने क्रममा चिकित्सकको लापरबाहिले बिहिबार मृत्यु भएको आफन्तले आरोप लगाएका छन् । मृतक समिक्षाको उपचारका लागि उनका बुबा कृष्णले जेठ १० गते भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भर्ना गरेका थिए । यसअघि भारतको सिलुगढिस्थित डा. च्याङको न्युरो अस्पतालमा बे्रेन ट्युमरको वायस्पि गर्दा क्यान्सर भएको पाइएपछि उनलाई भरतपुर क्यान्सर अस्पताल रिफर गरिएको थियो । मृतक समिक्षालाई भरतपुर क्यान्सर अस्पतालमा न्युरो डा. बालकृष्ण थापा र डा. निभा तिवारीले उपचार गरेका थिए ।

भारत सिलुगढिस्थित डा. च्याङले दिएको रिपोर्टमा क्यान्सर पाइएपनि भरतपुर क्यान्सर अस्पतालले उक्त रिपोर्टलाइ अस्विकार गर्दै पुनः समिक्षाको एमआरआई, रगत परीक्षण गर्नुका साथै टाउकोको अप्रेसन गरेको बुबा कृष्णले बताए । ६ महिना लगाएर ६ ओटा केमु लगाएपछि समिक्षा केहि तन्दुरुष्त बन्दै आएकी थिइन् । तर एक्कासि मंसिर ८ गतेदेखि उनलाइ खोकी शुरु भएपछि पुनः सिकिस्त बन्दै गएको बुबा कृष्ण राई बताउँछन् । यस अवधिमा चिकित्सकहरुले आफ्नो छोरीको विषयमा कुनै प्रतिक्रिया नजनाएको बुबाको आरोप छ । मृतक समिक्षालाई एकैचोटि मंसिर १४ गते साँझ ४ बजे उपचारका लागि पुनः भर्ना गरिएको थियो । भर्नापछि उनलाई निमोनिया र टाइफाईडको औषधि चलाइएको आफन्तहरुले बताए । समिक्षालाई ढिलो गरि निमोनियाको औषधि चलाउंदा बिहिबार विहान १० बजे मृत्यु भएको कृष्ण राइले जानकारी दिए ।

छोरिको मृत्यु भइसकेपछि पनि आफुलाइ औषधि किन्न पठाइएको र मृत्यु हुन केहि मिनेट अघि मात्र चितवन मेडिकल कलेज लैजान सुझाव दिएको उनको गुनासो छ । मृत्यु भइसकेपछि पनि अस्पतालले शवलाइ २४ घण्टा भन्दा बढि समयसम्म भ¥याङको एक कुनामा थन्काएर राखेको थियो । अस्पताल प्रशासनसंगको छलफलमा चिकित्सकको पनि कमिकमजोरि रहेको बताइएपछि शवलाइ निकालिएको गरिएको राइले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका