Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
‘जात्रा’ लाई बाबुराम भट्टराईले दिए उत्कृष्टको उपमा – Gaule Khabar

‘जात्रा’ लाई बाबुराम भट्टराईले दिए उत्कृष्टको उपमा

‘जात्रा’ लाई बाबुराम भट्टराईले दिए उत्कृष्टको उपमा

काठमाडौं, मंसिर १७–

चलचित्र ‘जात्रा’ आजबाट चौथो सातामा प्रर्दशन भइरहेको छ । दर्शक र समिक्षकबाट एकदमै राम्रो प्रतिक्रिया पाएको ‘जात्रा’ लाई पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका प्रमुख डा. बाबुराम भट्टराईले उत्कृष्ट फिल्मको उपमा दिएका छन् । बिहिबार सुन्धारास्थित सिभिल मलको क्युएफएक्स सिनेमा हलमा पत्नी हिसीला यमी, नयाँ शक्ति पार्टीकी सदस्य तथा अभिनेत्री करिश्मा मानन्धरसँग फिल्म हेर्दै उत्कृष्ट फिल्म मध्येको एक रहको प्रतिक्रिया दिएका हुन् ।
प्रदीप भट्टराई निदेर्शित ‘जात्रा’ नेपाली समाज र राज्यको जीवन्त र रोचक चित्रण गर्ने फिल्म रहेको उनले बताएका छन् । उनले भने, ‘समाजमा आर्थिक रुपको जुन खालको विपन्नता छ । र, त्यो कारणले राज्य सत्तामा जुन खालको विसंगती छ । आज कसैले कसैमाथि विश्वास गर्न सक्ने वातावरण छैन । त्यसको सजिव चित्रण फिल्ममा गरिएकाले निकै मन पर्यो ।’ यस्तै बाबुराम पत्नी यमीले ‘जात्रा’ ले आफुलाई गम्भिर बनाएको बताइन् । ‘जात्रा’ एशियामै अवार्ड पाउनलायक सिनेमा रहेको उनको भनाई छ ।
यस्तै, अभिनेत्री मानन्धरले जात्रालाई हाँसो र रोनदयुक्त फिल्म भनी व्याख्या गरेकी छिन् । ‘जात्रा नहेरेको भए मैंले राम्रो फिल्म छुटाउने रहेछु उनले भनिन् रविन्द्रसिंह बाँनिया निर्मित फिल्म ‘जात्रा’ मा कलाकार विपिन कार्की, रविन्द्र झा, निर्माता बाँनिया र नायिका बर्षा राउतको मुख्य भूमिका रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका