खानेपानी गरिएको अबैध नियुक्तिको चौतर्फी विरोध

खानेपानी गरिएको अबैध नियुक्तिको चौतर्फी विरोध

अभिमनु कुमार पटेल,
रौतहट, मंसिर १७–

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गौर रौतहट अन्तर्गतका खानेपानी सरसफाइ श्रोत केन्द्रको अधिकृत पदमा बिना सूचना नेताहरुको दबाबमा निति नियमलाई लत्याउर्दै गैर कानुनी रुपमा अधिकृत नियुक्ति गरिएको छ ।

नेपाल मेमोरियल ट्रस्टमा केही दिन अघि सम्म कार्यरत कर्मचारी राजन साहले गरेको काम कारवाहीबाट असन्तुष्ट दातृ निकाय युनिसेफ तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय एक्कासी सन्तुष्ट भई खुल्ला दिशामुक्त क्षेत्रमा एउटा जिम्मेवार पदमा गरिएको नियुक्तीले रौतहट बासीको मनमा अभियान नै असफल हुने शंका उत्पन्न भएको छ । जिल्लामा युनिसेफको कामकारवाही अपारदर्शी रहेको जन गुनासो बढदै गएको हालको अवस्थामा यो नियुत्तीले आगोमा घिउ हाल्ने काम गरेको छ ।

जिल्ला खुल्ला दिशामुक्त घोषणा गर्न सहयोग पुर्याउने उदेश्यले युनिसेफ, युएन हैबीटेट ,अक्सफाम लगायतका दातृ निकायको आर्थिक सहयोगमा स्थापना गरिएको खानेपानी तथा सरसफाई श्रोत केन्द्र नेताहरुलाई खुशी पार्ने कार्यालय प्रमुख अनिल केसरीको निजि सचिवालय बन्न पुगेको छ । युनिसेफको आर्थिक सहयोगमा रौतहटका ५ ओटा गैसस मार्फत संचालित कार्यक्रम मध्य सब भन्दा खराब काम गरेका नेपाल मेमोरीयल ट्रस्टका तत्कालीन कार्यक्रम अधिकृत राजन साहको रबैया माथि असन्तुष्ट खानेपानी तथा सरसफाई डिभिजन प्रमुख अनिल केसरीले सो संस्थाको तेस्रो किस्ता निकाशा तथा म्याद थप्प समेत रोकेका थिए । ४ महिना अगाडी कारवाहीमा परेको, खानेपानीको क्षेत्रमा अयोग्य देखिएको व्यक्तिलाई सोझै एउटा जिम्मेवार पदमा नियुक्त गर्नुको पछाडीको कारण रहस्यमय बनेको छ । अनिल केसरीले जिल्ला खुल्ला दिशामुक्त घोषणा नहोस भन्ने अभिप्रायले साहलाई राजनितिक दबाबमा नियुक्त गरेको कुरा खानेपानी सरसफाइ तथा डिभिजन कार्यालय गौर रौतहटका एक कर्मचारीले बताएका छन् ।

जिल्ला विकास समितिको कार्यालय रौतहटका ततकालीन स्थानीय विकास अधिकारी बन्दना झाले बिना सूचना जारी गरि असहाय गरिब, परिवारका ३ जना लाई नियुक्ति गरेको बेला स्थानीय नेता लगायत जिल्ला भरिका कर्मचारीहरु विरोधमा उत्रेका थिए । योग्यता भएका व्यक्तिको नियुक्तिको विरोध गर्ने ति नेता तथा कर्मचारीहरु आजको दिनमा डर त्रासले बोल्न समेत सकेका छैनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ