Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नवलपरासीको पत्रकार महासंघमा तालाबन्दी – Gaule Khabar

नवलपरासीको पत्रकार महासंघमा तालाबन्दी

नवलपरासीको पत्रकार महासंघमा तालाबन्दी

कावासोती, मंसिर १७–

नेपाल पत्रकार महासंघ नवलपरासीले नयाँ साधारण सदस्यता वितरणमा तयगरिएको मापदण्ड बिपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यता का बिषयमा निर्णय गरेको भन्दै पत्रकार संग आबद्घ संघ सँस्थाले बिरोध जनाउदै नेपाल पत्रकार महासंघ नवलपरासीमा बिहिबार तालाबन्दी गरेका छन् ।
नेपाल पत्रकार महासंघ नवलपरासीको नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासंघ नवलपरासीका कार्यवाहक अध्यक्ष एवम् छनौट समितिका संयोजक वीरेन्द्र पराजुलीले छनौट समितिका सदस्य बुद्धिसागर पोखरेल(सागर) लाई बैठकमा समेत सहभागी नवनाई एकलौटी तरिकाले साधारण सदस्यता छनौट गरेको र कार्य समितिले एकलौटी तरिकाले नयाँ सदस्यताको आवेदनमा छानविन नै नगरी केन्द्रमा सिफारिस गरेको भन्ने बिषयको बिरोधमा नेपाल पत्रकार महासंघ नवलपरासी शाखामा तालाबन्दी गरिएको नेपाल पत्रकार महासंघ नवलपरासीका कोषाध्यक्ष राजकुमार रेश्मीले बताए ।
नयाँ सदस्यता प्रदान गर्दा सबै प्रक्रिया माथि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले छानविन गरी यर्थाथ पत्रकारहरुलाई मात्र नयाँ सदस्यता प्रदान गर्न प्रेस चौतारी नेपाल नवलपरासी, प्रेस सेन्टर नेपाल नवलपुर, प्रेस सोसाइटी नवलपरासी र क्रान्तिकारी पत्रकार संगठन नवलपरासीले माग गरेका छन् । तालाबन्दी गर्दै नयाँ साधारण सदस्यता छनौट समितिका सदस्य बुद्धिसागर पोखरेलले आफूहरुको मागको यथाशिघ्र सम्बोधन गरी नयाँ सदस्यता प्रदानको प्रक्रिया चाँडो टुङ्गाउन माग गरे र
नेपाल पत्रकार महासंघ नवलपरासी कोषाध्यक्ष राजकुमार रेश्मी, नेपाल पत्रकार महासंघ नवलपरासी कार्यसमिति सदस्य बुद्धिसागर पोख्रेल, नेपाल पत्रकार महासंघ नवलपरासी कार्यसमिति सदस्य रविलाल पाण्डे, प्रेस चौतारी नेपाल नवलपरासी अध्यक्ष हिमालदेव पंगेनी, प्रेस सेन्टर नवलपुर सचिव अर्जुन अविरल, प्रेस सोसाइटी नवलपरासी संयोजक हरिषचन्द्र पोख्रेल, क्रान्तिकारी पत्रकार संगठन नवलपरासी संयोजक शिव डुमे्र लगाएतकाले पे्रस विज्ञप्ति मार्फत बिरोध जनाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका