Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा मनाईयो एचआईभी/एड्स दिवस – Gaule Khabar

चितवनमा मनाईयो एचआईभी/एड्स दिवस

चितवनमा मनाईयो एचआईभी/एड्स दिवस

चितवन, मंसिर १६–

आज विश्व एआईभी/एड्स दिवस । चितवनसहित देशभर विविध कार्यक्रम गरि मनाईएको छ ।
दिवसकै अवसर पारेर आज रोटर्याक्ट क्लव अफ रत्ननगरले पहाडी गाविस शक्तिखोरमा जनचेतना मुलक कार्यक्रम गरेको छ । शक्तिखोरस्थित चर्तुमुखी उच्च मावि विद्यालयमा विद्यार्थीहरुलाई एचआईभी/एड्सको बारेमा जानकारी दिईएको हो । विद्यालय स्तरबाटै यस रोगबारे चेतना फैलाउन सके अबको पुस्तामा यो रोगको समस्या भोग्न नपर्ने भन्दै विद्यालय स्तरलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको रोटर्याक्ट रत्ननगरका इलेक्टेड प्रेसिडेन्ट विनोद खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा ओएसिस मेडिकल कलेजका चिकित्सक शिशिर देवकोटा र कपिल खनालले एआईभी/एड्स बारे जानकारी गराएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चन्द्र गुरुङ, रोटर्याक्ट क्लव अफ भरतपुरका अध्यक्ष भानुभक्त खरेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

hiv-day-2

hiv-day-1

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका