Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पश्चिम नेपाल बस ब्यवसायी संघद्वारा सीमांकन हेरफेरविरुद्धको आन्दोलनमा समर्थन – Gaule Khabar

पश्चिम नेपाल बस ब्यवसायी संघद्वारा सीमांकन हेरफेरविरुद्धको आन्दोलनमा समर्थन

पश्चिम नेपाल बस ब्यवसायी संघद्वारा सीमांकन हेरफेरविरुद्धको आन्दोलनमा समर्थन

बुटवल,मंसिर १६-

सीमांकन हेरफेरविरुद्ध सुरु भएको आन्दोलनमा पश्चिम नेपाल बस ब्यवसायी संघले समर्थन जनाएको छ । संघका अध्यक्ष दधिराम खरेल द्धारा जारि बिज्ञप्तिमा भनिएको छ- ‘हचुवाका भरमा पहाड र तराईलाई अलग गरी प्रदेश निर्माण प्रयास गरीएकोमा संघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

आम नागरीकको भावना बिपरीत बर्तमान सरकारले गुल्मी, अर्घाखांची, पाल्पा प्युठान रुकुम र रोल्पालाई अलग गरेर अन्यायपुर्ण ब्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ । संघले जनभावना बिपरीतको संशोधन प्रस्ताव आएको भन्दै प्रस्ताव तत्काल फिर्ता परीस्थीती सहज बनाउन सरकारसंग जोडदार माग गरेको छ ।

संघले ५ नं प्रदेश बिभाजित गर्ने योजनाका बिरुद्ध संगठित, सामुहिक र एकताबद्ध आन्दोलन गर्न ब्यवसायीक र पेशागत संगठनहरुको सञ्जाललाई समेत आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको छ- ‘स्वतस्फूर्त रुपमा सूरु भएको नागरीक आन्दोलनमा सहभागी हुन सम्पुर्ण यातायात ब्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका