Gaule Khabar
बुधबार, भदौ १, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

सिटी हस्पिटलमा डिजिटल एक्स–रे सुचारु

  • admin
  • बिहिबार, मंसिर १६, २०७३
सिटी हस्पिटलमा डिजिटल एक्स–रे सुचारु

रबिन्द्र प्रताप गुप्ता,
भैरहवा, मंसिर १६–

सिद्धार्थनगर सिटि हस्पिटल भैरहवाले आफ्नो सेवालाई थप विस्तार गर्ने क्रममा डिजिटल एक्स–रे सेवा सुरु गरेको छ ।
सो सेवाको उद्घाटन गर्दे अस्पतालका अध्यक्ष डा.सुवोध कुमार पाण्डले सिटि हस्पिटल विरामीहरुको सेवाका लागि सदैव लागिरहने बताउनुभयोे । उक्त कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, निर्देशक डा. अमित चर्तुवेदी, हार्डजोर्नी रोग विशेषज्ञ डा.भरत तिमिल्सिना लगायतको उपस्थिती रहेको थियो ।
यो सेवा सुरु भएसँगै विरामीहरुलाई थप छिटो छरितो रुपमा सेवा प्रदान गर्न सहयोग मिल्ने हस्पिटलका जनसम्पर्क अधिकृत रोशन अधिकारीले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published.

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ