Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
५ नम्बर प्रदेशमा चर्कियो आन्दोलन, विभिन्न जिल्लामा अनिश्चिकालिन बन्दको आव्हान – Gaule Khabar

५ नम्बर प्रदेशमा चर्कियो आन्दोलन, विभिन्न जिल्लामा अनिश्चिकालिन बन्दको आव्हान

५ नम्बर प्रदेशमा चर्कियो आन्दोलन, विभिन्न जिल्लामा अनिश्चिकालिन बन्दको आव्हान

बुटवल,मंसिर १६-

सरकारले ल्याएको संविधान संशोधन विधेयकको विरोधमा प्रदेश नम्बर पाँचका जनता आन्दोलित भएका छन् । बिहीबार बिहानै देखि बुटवलमा प्रदर्शन सुरु भएको छ ।

बुटवलमा आन्दोलनकारीले अनिश्चितकालको लागि बुटवल बन्दको घोषणा गरेका छन् । अखण्ड पाँच नम्बर प्रदेश दवाव अभियान लुम्बिनी, अनेरास्ववियू र नेविसंघले विहानैदेखि प्रदर्शन गरेका छन् । पाँच नम्बर प्रदेशलाई टुक्राउने सरकारको निर्णय फिर्ता नलिंदा सम्म आन्दोलन जारी रहने अनेरास्ववियूका जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले बताए ।

नेविसंघका केन्द्रिय सदस्य टंक पाण्डेले बच्चालाइ आमाको काखबाट छुटाए जस्तो गरि पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाइ अलग गरेकोले आन्दोलनमा उत्रिन बाध्य भएको बताए ।

५ नम्बर प्रदेश टुक्रयाएको बिरोधमा पाल्पा र अर्घखाँची पनि ठप्प भएका छन् । बन्दका कारण यातायात, बजार, शिक्षण संस्था, उद्योग कलकारखाना पूर्ण रुपमा बन्द भएका छन् ।

यस्तै दाङ, रोल्पा, प्युठान, अर्घाखाँची गुल्मीमा पनि प्रदर्शन भएको छ । पाँच नम्बर प्रदेशबाट प्युठान र रोल्पालाई छुट्याउने सरकारी प्रस्तावको विरोधमा आन्दोलन गर्न दुवै जिल्लाले संयुक्त रुपमा संघर्ष समिति बनाएका छन् ।

सरकारले पाँच नम्बर प्रदेशबाट पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुम टुक्र्ययाएर चार नम्बर प्रदेशमा गाभ्ने प्रस्ताव दर्ता गरेपछि त्यसको विरोधमा प्रदर्शन भएका हुन् । सत्तारुढ र विपक्षी दलका नेता कार्यकर्ता, विद्यार्थि संगठनहरु र सर्वसाधारण सडकमा चर्को नाराबाजि गर्दै उक्त प्रस्ताव फिर्ता गर्न माग गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका