Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
चितवनमा स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार,सर्वपक्षिय वैठकले ग¥यो यस्तो निर्णय ! – Gaule Khabar

चितवनमा स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार,सर्वपक्षिय वैठकले ग¥यो यस्तो निर्णय !

चितवनमा स्ववियु निर्वाचन गर्न सबै विद्यार्थी सङ्गठन तयार,सर्वपक्षिय वैठकले ग¥यो यस्तो निर्णय !

चितवन,माघ २९-

आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सम्पन्न गर्न एक भएर लाग्ने चितवनका विद्यार्थी सङ्गठनले प्रतिवद्धता व्यक्त गरेका छन् । शुक्रवार भरतपुरमा भएको विद्यार्थी सङ्गठनको छलफलले आठ वर्षसम्म हुन नसकेको निर्वाचन जसरी पनि गराउनु पर्नेमा जोड दिदै आफूहरु निर्वाचनका लागि तयार रहेको बताएका हुन् ।

विद्यार्थी सङ्गठनले फर्जी भर्ना रोक्ने र क्याम्पसहरुमा लागेको ताला खुलाउन सहमत जनाएको अखिल जिल्ला सचिव प्रकाश आचार्यले जानाकारी दिए । उनले स्ववियु निर्वाचन अवधिभर नियमीत वैठक वस्ने समेत सहमती भएको वताए । चुनावलाई मर्यादित र व्यवस्थित बनाउनेतर्फ सवैको ध्यान केन्द्रित गर्ने निर्णय छफलफमा भएको थियो ।

छलफलमा अनेरास्ववियुका केन्द्रिय सदस्य प्रकाश भट्ट,जिल्ला अध्यक्ष देव पाठक,सचिव प्रकाश आचार्य,नेविसंघ केन्द्रिय सदस्य कल्पना पौडेल, विद्यार्थी नेता परमेश्वर खनाल,माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्व विद्यार्थी नेता दिलिप पौडेल लगाएत अन्य विद्यार्थी सङ्गठनका जिल्ला नेताको सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका