महिला एसिया कपः नेपालले थाइल्याण्डलाई दियो ६४ रनको लक्ष्य

महिला एसिया कपः नेपालले थाइल्याण्डलाई दियो ६४ रनको लक्ष्य

काठमाडौं, मंसिर १६–

महिला एसिया कप क्रिकेटमा नेपालले थाइल्याण्डलाई ६४ रनको लक्ष्य दिएको छ । घरेलु टोलीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले अन्तिम बल खेल्नु अघि सबै विकेट गुमाएर ६३ रन बनायो । नेपालको सुरुवात राम्रो थियो । पहिलो विकेटका रुपमा ओपनर ज्योती पाण्डेलाई व्यक्तिगत १६ रनमा गुमाउँदा ३० रन बनाएको थियो ।

ज्योती आउट भएपछि नेपाल धरासायी भयो । कुनै पनि ब्याट्सवुमनले टिकेर खेल्न सकेनन् । सीता राना मगरले ९ रन बाइन् भने रुविना क्षत्रीले ८ रन जोडिन् । नेरी थापा ७, सरिता मगरले ४, करुणा भण्डारी, काजोल श्रेष्ठ र संगिता राईले २\२ रन जोडिन् भने इन्दु बर्मा र रश्मी चौलागाई १\१ रनमा आउट भइन् ।

नेपालले यसअघि तीन खेल हारिसकेको छ । र, अन्तिम खेल भारतसँग खेल्नेछ । त्यसैले थाइल्याण्डविरुद्धको खेललाई एसिया कपमा जित दर्ता गर्ने मौकाका रुपमा हेरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ