पुरानै संरचनामा स्थानीय तहको निर्वाचन : प्रधानमन्त्री
सिरहा,मंसिर २९ – प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रेस सेन्टर नेपाल, सिरहाले बुधबार लहानमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेस, एमाले, मधेसवादी लगायतका दलहरु पुरानै संरचनामा स्थानीय तहको निर्वाचन चाहेकोले यस सम्बन्धमा गम्भीर छलफल गरेर सोहीअनुसार निर्वाचन हुन्छ ।’ उनले स्थानीय तहको निर्वाचन गराउने प्रमुख उद्देश्यका साथ […]