Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
थप सम्पत्ति देखाए सन्यासी बन्ने प्रधानमन्त्रीको घोषणा – Gaule Khabar

थप सम्पत्ति देखाए सन्यासी बन्ने प्रधानमन्त्रीको घोषणा

थप सम्पत्ति देखाए सन्यासी बन्ने प्रधानमन्त्रीको घोषणा

पोखरा,पुस  १ –

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्पत्ति विवरणबारे मुख खोलेका छन् ।

पार्टी कार्यकर्ता प्रशिक्षणका क्रममा शुक्रबार पोखरा आएका प्रधानमन्त्री दाहालले आलोचकलाई आफ्नो निजी सम्पत्ति देखाउन चुनौती दिँदै कसैले निजी सम्पत्ति छ भनेर प्रमाणित गरे आफू त्यही दिनदेखि सन्यासी बन्ने घोषणा गरे ।

आफूसँग अकुत सम्पति छ भनेर भ्रम फैलाएकोमा आक्रोश पोख्दै प्रचण्डले भने- ‘मान्छेहरु पत्याउँदैनन्, तर मेरो निजी सम्पति छैन । सरकारलाई बुझाएको सम्पत्ति विवरण पनि मेरो व्यक्तिगत होइन् पार्टीको हो । तपाईहरु क्लियर हुनुस् ।’

सरकारले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्रीको सम्पत्ति तीन तोला सुन र चितवनमा एक कठ्ठा जग्गा देखाइएको छ । र, यो पनि पत्नी सीता दाहालको नाममा छ ।जसलाई अधिकांशले पत्याउनै सकेका छैनन् र, प्रचण्डमाथि विभिन्न प्रश्न तेस्र्याउँदै आलोचना र विरोध गरिरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका