Gaule Khabar
शुक्रबार, मंसिर २३, २०७९
Gaule Entertainment Media Group Pvt.Ltd.

देश टुक्राउन लाग्ने होइन बनाउन लाग्नुपर्छः कमल थापा

  • admin
  • बिहिबार, मंसिर ३०, २०७३
[sharethis-inline-buttons]
देश टुक्राउन लाग्ने होइन बनाउन लाग्नुपर्छः कमल थापा

पोखरा, मंसिर ३०–

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई टुक्राउन होइन अब बचाउन लाग्नुपर्ने धारणा राखेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल विकास क्षेत्र स्तरीय एकिकरण घोषणा सभालाई सम्बोधन गर्दै थापाले देश टुक्राउन एउटा सानो समूह लागेको बताउँदै देश बचाउन सबै लाग्नुपर्ने धारणा राखेका हुन्।

उनले सानो समूहको मागलाई बेलैमा सम्बोधन गर्नुपर्ने बताए।

उनले दल र नेताको अर्कमण्यताले देशमा २०५२ सालमा सानो समूहले गरेको युद्व ठुलो जनयुद्वमा पुगेको उदाहरण दिँदै देशलाई टुक्राउनुपर्छ भन्ने सानो समुहलाई मिलाएर अगाडि बढ्नुपर्ने बताए।

उनले देश टुक्राउन खोज्नेहरू सक्रिय भएको बताउँदै देश जोगाउनकै लागि दुई पार्टी एक भएको बताए। उनले देशमा बाह्य शक्तिले खेल खेल्न सक्ने बताउँदै  राष्ट्रिय एकताका लागि सबै एक जुट हुनुपर्ने बेला आएको बताए।

उनले नेपालमा पैसाको आडमा धर्म परिर्वतको लहड चलाएको आरोप लगाए। धर्मपरिर्वत गर्नेमा सबैभन्दा बढी जनजाति र दलित रहेको उनको भनाई थियो । उनले सरकारी उद्योगहरू कौडीको भागमा बिक्रि गरेको आरोप लगाउँदै उद्योग बन्द हुँदा युवाहरु रोजगारीका लागि विदेश जान बाध्य भएको बताए।

उनले दुई पार्टीको एकीकरण यतिकै नभएको भन्दै देश बचाउने र देश विकास गर्ने बताए। उनले देश हेरक दृष्टीले संकटमा रहेको भन्दै सचेत हुन सुझाए।

त्यसका लागि राष्ट्रवादी पार्टीका आवश्यकता रहेकाले पार्टी एकीकरण गरिएको धारणा राखे।

कार्यक्रममा पशुपति शम्शेर जंगबहादुर राणाले देश अहिले रणभूल्लमा परेको बताए। उनले नयाँ नेपाल नारामा मात्र सिमित भएको बताउँदै देश बनाउन नयाँ सोच अनुसार अगाडि बढ्नु आवश्यक रहेको भनाई राखे।

उनले देश विकासका लागि अहिले शक्तिशाली राष्ट्रवादी पार्टी आवश्यक रहेको भन्दै त्यो पार्टी राप्रपा भएको जिकिर गरे।

देशको पहिचान ल्याउने हो भने हिन्दुधर्मलाई संविधानमा नै लेखिनु पर्ने बताउँदै हिन्दुधर्म हुँदा अन्य धर्मलाई कुनै बाधा नपरेको उनको भनाई थियो।

उनले हिन्दु राष्ट्र कायम गर्न सरकारसँग माग समेत गरे। कार्यक्रममा विभिन्न तहका नेताहरुले सम्बोधन गर्दै सरकार बनाउन दक्षिण र उत्तरको आर्शिवाद खोज्नुभन्दा जनताको आशिर्वाद लिन नेताहरुलाई सुझाब दिएका थए ।

[sharethis-inline-buttons]

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ