चिनमा रहेका नेपालीहरू सुरक्षित छन् : राजदूत यान्छी

चिनमा रहेका नेपालीहरू सुरक्षित छन् : राजदूत यान्छी

गाउँले न्युज, काठमाण्डौ । चिनियाँ राजदूत होउ यान्छीले चीनमा रहेका नेपालीहरू सुरक्षित रहेको बताएकी छन् । मंगलबार सञ्चार माध्यमसग कुरा गर्दै राजदूत होउले नेपालीहरूको स्वास्थ्यलाई चीनले सुरक्षित गरेको र त्यहाँ कुनै पनि नेपाली कोरोना भाइरसबाट प्रभावित नभएको बताइन् ।

राजदूत होउले चिनियाँ परराष्ट्र मन्त्रालयको एक डिभिजन बेइजिङमा रहेको नेपाली राजदूतावाससँग सम्पर्कमा रहेको र वुहानमा रहेका नेपाली विद्यार्थीको कठिन अवस्थालाई समाधान गर्न सहयोग गरेको बताइन् ।

चीनको हुबेइ प्रान्तको वुहान सहरबाट कोरोना भाइरसको फैलिएको हो । र, त्यहाँ रहेका करिब १ सय ८० नेपाली विद्यर्थाीहरूले बेइजिङस्थित नेपाली राजदूतावासमा नेपाल फर्कनका लागि आवेदन दिएका छन् । राजदूत होउले सम्बन्धित प्रान्त र सहरमा विदेश मन्त्रालयले अधिकारीहरू तथा सम्बन्धित विश्वविद्यालयहरूले विद्यार्थीहरुलाई उचित बसोबासको व्यवस्था मिलाएको पनि बताइन् ।

राजदूत होउले केहि नेपालीलाई चीनबाट उड्न रोकिएको सम्बन्धमा पनि प्रष्ट पारेकी छन्। ‘उनीहरूको स्वास्थ्यको तापक्रम सामान्यभन्दा बढी रहेको भेटियो। जसले गर्दा उनीहरुको यात्रालाई पछि धकेल्नुपर्ने भयो। किनकी उनीहरूको स्वास्थ्य मुख्य कुरा हो,’ होउले भनेकी छन्,‘उनीहरूसँगै अन्य व्यक्तिहरूको स्वास्थ्यको कुरा पनि हो। जुन अन्तर्राष्ट्रिय चलन अनुसार छ।’

राजदूत होउले कोरोना भाइरस बाहिर आएसँगै काठमाडौंमा रहेको चिनियाँ राजदूतावासले नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग तुरुन्त सम्पर्क गरेको बताइन्। साथै दूतावासले स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयसँगै अन्य सम्बन्धित विभागहरू पनि सम्पर्कमा रहेको होउले बताएकी छन्। ‘उनीहरूलाई जानकारी दिँदै त्यसको नियन्त्रणलाई सहकार्य गर्ने पनि बताइसकेका छौं,’ उनले भनिन्।

नेपालमा रहेको विश्व स्वास्थ्य संगठनको प्रतिनिधिसँग पनि राजदूतावास नजिकमा रहेको उल्लेख गर्दै राजदूत होउले दूतावासका केहि कर्मचारीहरूलाई संयुक्त कार्य समूह गठन गरि नेपालका सम्बन्धित विभागहरूसँग सूचना आदान–प्रदान गर्दै भाइरसलाई नियन्त्रण गर्न संयुक्त पहल गर्न लागिसकेको बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका