सोलुखुम्बुको वीरेन्द्रज्योति मा.वि. नमुना विद्यालय विकासका लागि छनोट

सोलुखुम्बुको वीरेन्द्रज्योति मा.वि. नमुना विद्यालय विकासका लागि छनोट

गाउँले न्युज, १ साउन, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका स्थित वीरेन्द्रज्योति माध्यमिक विद्यालय नमुना विद्यालय विकासका लागि छनोट भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्र, विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा नमुना विद्यालय विकासका लागि छनोट गरेको ६९ जिल्लाका ८४ विद्यालयमध्ये सोलुखुम्बुको एक मात्र विद्यालय परेको हो ।

सोलुखुम्बुको सोताङ गाउँपालिकामा रहेको उक्त विद्यालय विद्यार्थी संख्या, शैक्षिक गुणस्तर र भौतिक संरचनाका दृष्टिले अगाडी रहँदै आएको छ । सोलुखुम्बुको कोशी पारीको प्रमुख विद्यालयको रुपमा स्थापित यस विद्यालयमा एक हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक महाप्रसाद फुयालले जानकारी दिए । विद्यालयमा ३६ जना शिक्षक कर्मचारी कार्यरत रहेकाछन् ।

विद्यालयहरुको सक्षमतामा सुधार गरी शिक्षामा रुपान्तरणको गतिलाई तिब्रता दिने उद्देश्यले सो विद्यालयहरु छनोट गरिएको निर्देशक गेहनाथ गौतमले जानकारी दिए । विद्यालय क्षेत्र विकास योजना २०७३/७४-०७९/८० को कार्यक्रम अबधीमा नेपालका १ हजार वटा नमूना विद्यालय विकास गर्ने लक्ष्य शाखाले लिएको छ । जसअनुसार यस अघि २२२ वटा नमुना विद्यालय विकासका लागि छनोट भई नमुना विद्यालय विकासका क्रममा रहेकाछन् ।

मुलुकका सबै स्थानीय तहमा कम्तीमा एउटा नमुना विद्यालय पर्ने गरी नमुना विद्यालय विकासको गर्ने योजना रहेको समेत गौतमले बताए । यस अघि सोलुखुम्बुको हिमालदर्शन माध्यमिक विद्यालय नमुना विद्यालय विकासका लागि छनोट भई नमुना विद्यालय विकासको कार्य भइरहेको छ ।

साभार: सोलुखुम्बुसमचार

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका