पिके डाडामा पर्यटक पुर्‍याउन लिखुपिके गाउँपालिका जुरमुरिदै

पिके डाडामा पर्यटक पुर्‍याउन लिखुपिके गाउँपालिका जुरमुरिदै

गाउँले न्यूज, १९ बैशाख, सोलुखुम्बु । दृश्यावलोकनका लागि प्रख्यात सोलुखुम्बु जिल्लाको पिकेडाँडामा पर्यटन प्रवद्र्धनका लागि लिखुपिके गाउँपालिकाले चासो देखएको छ ।

पिकेडाँडालाई छोटो पर्यटकिय क्षेत्र बनाउन पालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेत सहितका जनप्रतिनिधिले राजधानी काठमाडौँमा रहेका पर्यटन व्यवसायीहरुसंग छलफल गर्दै ट्रेकिङ प्याकेज बनाउने योजनना थालेको छन ।
छलफलका क्रममा सवैभन्दा पहिले पदमार्गलाई व्यवस्थीत गर्ने, होटल तथा लजहरुलाई सुविधायुक्त बनाउने र प्रचार प्रसार गर्ने गाउँपालिका र पर्यटन व्यवसायीहरुबीच सहमति भएको छ । पर्यटकका लागि आधारभुत आवश्यक्ताहरु निर्माण गरिसकेपछि पर्यटन प्रवद्र्धनका लागि पिकेमा महोत्सवको आयोजना गर्नेबारे समेत छलफल भएको लिखुपिके गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।

छलफलमा लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेत सहित नेकपा प्रदेश नं १ कमिटी सदस्य तथा पर्यटन व्यवसायी कामी शेर्पा, टानका महासचिव तथा पर्यटन व्यवसायी आङपेम्बा शेर्पा, वडा नं. ५ का अध्यक्ष ङिमाछिरी लामा, वडा नं. २ का सदस्य मनिराज बस्नेत लगायत सहभागी थिए ।

पिकेडाँडा बाट विश्वको सर्वाेच्च शिखर सगरमाथा सहित पुर्वको कञ्चनजंगा देखि पश्चीमको धौलागिरी हिमालसम्म सिधा नांगो आँखाले अवलोकन गर्न सकिन्छ । यहाँबाट २२ भन्दा बढि परिचित हिमालहरुलाई हेर्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका