सोलुखुम्बुका संगीतकर्मी श्रीमान् थुलुङको दुर्घटनामा निधन

सोलुखुम्बुका संगीतकर्मी श्रीमान् थुलुङको दुर्घटनामा निधन

गाउँले न्यूज, २८ चैत्र, पोखरा । संगीतकर्मी श्रीमान् थुलुङ को स्कुटर दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

थुलुङ सवार ग १२ प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा ठोक्किएको थियो । स्कुटर दुर्घटनापछि उनी नहरमा खसेको र पानीको भेल ठूलो भएकाले बगाएको बताइएको छ । नहरमा खसेको करिब एक घण्टा पछि साढे १० बजे दुईकुलाको मुहानमा भेटिएका प्रहरिले जनाको छ ।
उनलाई तत्काल उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरे । स्कुटरमा सँगै रहेकी उनकी श्रीमति भने सकुशल छिन् ।

थुलुङ सोलुखुम्बु जिल्लाको साबिक नेचाबेतघारी-७, हाल नेचासल्यान गाउँपालिका-४ स्थायी घर भै २०५४ सालदेखी स-परिवार पोखरा बस्दै आएका थिए ।
थुलुङले स्थानीय सयपत्री संगीत प्रशिक्षण केन्द्रमा ९ बर्ष संगीत प्रशिक्षकका रुपमा काम गरे । अहिले आफ्नै “तराना म्युजिक सेन्टर”को स्थापना गरे । उनले गायन सहित बाध्यवाधनको समेत प्रशिक्षण दिन्थे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका