Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सचिव बेखबर, गाविसको खातामा रकम जम्मा – Gaule Khabar

सचिव बेखबर, गाविसको खातामा रकम जम्मा

सचिव बेखबर, गाविसको खातामा रकम जम्मा

डोटी, पुस ३–

गाविसको रकम हिनामिना गरेर फरार भएका डोटीका एक सचिव अझै बेखबर रहेका छन् ।

सामाजिक सुरक्षा भत्तावापतको लाखौँ रकम लिएर पोखरी र जिजौडामाण्डौ गाविसबाट दसैँदेखि फरार भएका गाविस सचिव ईश्वरबहादुर सिंहले हिनामिना गरेको रकम मध्ये केही रकम गाविसको खातामा जम्मा गरेको तर आफू भने बेखबर भएको जिविस, डोटीले जानकारी दिएको छ ।
सिंहले मङ्सिर २९ गते दुवै गाविसका लागि रु ३७ लाख ४९ हजार ६२३ बैंकमा जम्मा गरेका छन् । उनले पोखरी गाविसको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय सिलगढीमा रहेको खातामा दीपक नामबाट सो रकम जम्मा गरेको राष्ट्रिय वाणिज्य बैंक सिलगढीले जानकारी दिएको छ ।

सचिव सिंहले हिनामिना गरेको पोखरी गाविसको रु ३८ लाख ४४ हजार ७४३ मध्ये अब रु १३ लाख ५१ हजार ४९१ र जिजौडामाण्डौ गाविसको रु २९ लाख ७५ हजार ५०१ मध्ये अब रु १७ लाख १९ हजार १३० बुझाउन बाँकी रहेको छ । गाविस सचिव सिंहले दुवै गाविसको रु ६८ लाख २० हजार २४४ रकम बुझेर फरार भएका थिए ।

पोखरी र जिजौडामाण्डौ गाविसको रकम लिएर फरार सचिव अझै सम्पर्कमा आएका छैनन् । आफूले हिनामिना गरेको रकम भने जम्मा गर्न लागेको जिविस, डोटीले जनाएको छ ।

डोटीका स्थानीय विकास अधिकारी कृष्ण गौतमका अनुसार गाविस सचिव सिंहले हिनामिना गरेको रकम फिर्ता गरे तापनि उनलाई कारबाही हुने छ । सरकारी कर्मचारीको नियम र मर्यादा विपरीत जाने जोकोही पनि कानुनी कारबाहीको भागी हुनुपर्ने गौतमको भनाइ छ । –रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका