Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दोषीलाई कारबाही गर्नुपर्नेमा जोड – Gaule Khabar

दोषीलाई कारबाही गर्नुपर्नेमा जोड

दोषीलाई कारबाही गर्नुपर्नेमा जोड

काठमाडौँ,मंसिर २९ –

संयुक्त विद्यार्थी सङ्गठन अन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् ।

हत्याका बिरोधमा अनेरास्ववियु, नेवि सङ्घलगायत १३ विद्यार्थी सङ्घ संस्थाका छात्राले संयुक्त रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए ।

सो अवसरमा सञ्जालका अध्यक्ष नवीना लामाले महिलामा हुने विभेद्ले उनीहरुमाथि हिंसा भइरहेको बताउँदै परियार र भुजेलको हत्या जघन्य अपराध भएकाले सो घटनामा संलग्नलाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

लोकतान्त्रिक मुलुकमा सरकारले सबै नागरिकप्रति समानता तथा सामाजिक न्यायको अनुभूति गराउनुपर्ने माग गर्दै कडा कानुन नबनेको अहिलेको अवस्थामा भएका कानुनका आधारमा पनि दोषीलाई सजायको व्यवस्था गर्न अध्यक्ष लामाले आग्रह गर्नुभयो ।

अनेरास्ववियुका सचिव आरसी लामिछानेले सो घटना निन्दनीय रहेको बताउँदै उक्त सञ्जालका प्रतिनिधि नुवाकोटकी भुजेलको शव फेला परेका स्थानमा गएर चाँडो स्थलगत अध्ययन गर्ने जानकारी दिनुभयो ।

सो विषयमा छानबिन गरी दोषीलाई कारबाही गराउन दबाब दिने उद्देश्यले गृहमन्त्री विमलेन्द्र निधिलाई ध्यानाकर्षण गराउने कार्यक्रम रहेको पनि उहाँले जानकारी दिनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका