Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिमाना बचाऔं अभियान चितवन आईपुग्यो – Gaule Khabar

सिमाना बचाऔं अभियान चितवन आईपुग्यो

सिमाना बचाऔं अभियान चितवन आईपुग्यो

चितवन, मंसिर १६–

राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं)ले सीमा बचाऔं अभियान चितवन आईपुगेको छ । मंसिर १५ गते बुधबार नवलपरासीको सुस्ताबाट सुरु भएको सो अभियान मंसिर ३० गते इलामको मानेभञ्ज्याङमा गएर समापन हुने अखिल (छौंठौं)का केन्द्रीय अध्यक्ष विमल पोखरेलले जानकारी दिए ।
अभियान अन्तर्गत बिहीबार नारायणगढका चोकहरुमा कोणसभा सम्पनन भएको छ । बिहीबार नै टोली पर्सा जिल्लाको ठोरी पुगेर कार्यक्रम गर्ने विद्यार्थी नेता पोखरेलले बताए । नेपाल र भारतबीच सिमान जोडिएका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ ठाउँमा सिमा विवाद भएको हुँदा संरक्षणका लागि जागरण अभियान चलाएको उनले बताए ।
अभियानका नेतृत्वकर्ता पोखरेलका अनुसार भारतले हालसम्म नेपालको ६१ हजार जमिन अतिक्रमण गरेको छ । जसमा सवैभन्दा धेरै पश्चिम महाकालीको कालापानीमा ३७ हजार हेक्टर र कपिलवस्तुको कृष्णनगरमा सवैभन्दा कम एक हेक्टर जमिन भारतीय पक्षले अतिक्रमण गरेको उनले बताए । सुस्तामा १४ हजार चार सय हेक्टर नेपाली भुमि अतिक्रमण भएको छ ।
‘सिमा अतिक्रमणको विषयलाई सत्तामा रहेको दलहरुले भारतसँग दह्रो रुपमा उठाउन सकेनन् । यस्तो अवस्थामा जनताले दिने दवाव नै प्रभावकारी हुने भएका कारण हामी सिमा क्षेत्रमा पुगेर जनतालाई गोलवन्द गर्न कस्सिएका हौं’ विद्यार्थी नेता विमल पोखरेलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका