सोताङमा बरन्डा भाचिदा ७ जना घाइते

सोताङमा बरन्डा भाचिदा ७ जना घाइते

काठमाण्डौ । सोलुखुम्बुको सोताङमा बरन्डा भाचिएर ८ जना घाइते भएका छन ।
सोलुखुम्बु जिल्लाको सोताङ गाउपालिका ५ स्थित लालिगुरास महिला सहकारी सस्थाको बैठकमा उपस्थित हुने क्रममा बरन्डा भाचिएको हो ।

बरन्डा भाचिएर दर्जनौ महिलाहरु भुइमा पछारिएको स्थानिय गोबिन्द नाछिरिङले जानकारी दिए । सोताङ हस्पिटलमा प्राथमिक उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको नाछिरिङले बताए ।

सबिना राई, पार्वता बस्नेत, हरि माया बस्नेत ,निरु गौतम , राधा बस्नेत, मन कुमारी कार्कि र सिता बस्नेत घाइते हुन पुगेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका