काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज अमेरिकी सहयोग परियोजना एमसिसीबारे धारणा सार्वजनिक गर्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबारको बैठकमा प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । त्यसपछि
एमसिसीबारे पार्टीको आधिकारिक धारणा पनि सार्वजनिक हुने उनले बताए ।
एमसिसीको विरोधमा रहेको राप्रपाले केन्द्रीय समितिको बैठकमा छलफल गरेर धारणा सार्वजनिक गर्न लागेको हो ।बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति र भावी कार्यदिशा सम्बन्धि, उपाध्यक्ष हेमजंग गुरुङले सचिवालय सम्बन्धि, महामन्त्री भुवन पाठकले स्थानीय तहको निर्वाचन सम्बन्धि प्रतिवेदन पेस गरेका थिए ।
बैठक धुम्बाराहीमा जारी छ । प्रस्तुत प्रतिवेदनमाथि बुधबारदेखि नै छलफल सुरु भएको छ । राप्रपा बैठक आज सकिँदैछ ।