पम्पिङ खानेपानी सधैँ प्राविधिक जटिलता

पम्पिङ खानेपानी सधैँ प्राविधिक जटिलता

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित पम्पिङ खानेपानी आयोजना नियमित प्राविधिक जटिलताका कारण प्रभावित बनेको छ । गाउँपालिकाको वडा नं १, ३, ४ र ५ मा सञ्चालित ‘यासोक बृहत् पम्पिङ खानेपानी आयोजना’ मा पछिल्लो सयम नियमित प्राविधिक समस्या देखिने गरेको छ । यसले खानेपानी वितरण जटिल र महङ्गो बनेको छ । आयोजनाअन्तर्गत तमोर नदीको पानी सात पम्पको सहायताले यासोकडाँडासम्म ल्याई बस्तीमा वितरण गरिएको छ । तर पम्पहरुमा नियमित समस्या आउने, पानी चुहावट नियन्त्रण गर्न कठिन पर्ने, उपभोक्ताबाट मासिक सङ्कलन हुने शुल्कको रकम आयोजना सञ्चालन गर्न पर्याप्त नहुनेलगायत समस्या देखिएका छन् ।

उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष मेघराज निरौलाका अनुसार चाप नियन्त्रण ९ब्रेक प्रेसर० ट्याङ्कीमा पर्याप्त मात्रामा पानी नरोकिँदा समस्या देखिएको छ । यस्तै घरघरमा जोडिएका धारा र अन्य ट्याङ्कीमा समेत पानीको चुहावट हुने गरेको छ । यसले एकातर्फ उपभोक्ताका घरमा भनेजति पानी पु¥याउन समस्या पारेको छ भने अर्कातर्फ पानीलाई वितरणको अवस्थासम्म पु¥याउन विद्युत्को खर्च बढाउने गरेको छ ।

यस्तै सात स्थानमा रहेका पम्प जलिरहने समस्या देखिएको छ । “एउटा पम्प जल्दा खानेपानी वितरण एक साता अवरुद्ध हुन्छ”, उहाँले भन्नुभयो, “एउटा पम्पको मर्मतमा न्यूनतम रु सात लाख खर्च हुन्छ । हामी ९उपभोक्ता समिति०सँग दक्ष प्राविधिक नहुँदा पम्प मर्मत गर्न कहिले झापा त कहिले भारत पु¥याउनुपर्छ ।” ठूलो चापसहितको पानी उकालोतर्फ फाल्दा पम्प छिटोछिटो जल्ने गरेको आयोजनामा कार्यरत प्राविधिकको भनाइ छ ।

आयोजना सञ्चालन निकै खर्चिलोसमेत देखिएको छ । आयोजनामा मासिक न्यूनतम रु आठ लाख सञ्चालन खर्च आवश्यक पर्ने गरेको छ । गत महिना विद्युत्को महसुल मात्रै रु पाँच लाख २७ हजार उठेको थियो । सरकारले छुट दिएकाले मात्रै महसुल कम देखिएको हो । छुटबिना आयोजनाको मासिक विद्युत् महसुल रु १२ लाखभन्दा बढी हुने गरेको छ । तर सोही महिना उपभोक्ताबाट रु दुई लाख ८५ हजार शुल्क उठेको छ । “मासिकरूपमा घाटा भइरहेको रकम कुम्मायक गाउँपालिकाको सहयोग तथा उपभोक्ता समितिले सङ्कलन गरी बचत रहेको रकमबाट पूर्ति हुँदै गर्दै आएका छौँ”, अध्यक्ष निरौलाले भन्नुभयो ।

आयोजना हेर्ने सङ्घीय खानेपानी आयोजना इलामका प्रमुख सुरतलाल चौधरी भने आयोजनामा देखिने गरेका प्राविधिक समस्या हल गर्न कार्यालय लागिपरेको जानकारीदिनुहुन्छ । “पम्पहरु जलिरहने समस्या समाधानका लागि स्टेपलाइजर खरिद गरी उपलब्ध गराइएको छ”, उहाँले भन्नुभयो, “स्टेपलाइजर फिट ९जडान० भइसकेका छन् ।” कार्यालयको आग्रह आयोजनाको निर्माण कम्पनीले थप सातवटा पम्पसमेत खरिद गरी उपभोक्ता समितिलाई उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो । समस्या समाधानका लागि उपभोक्ता समितिले ३०० स्थानमा प्रेसर रिलिज (हावा निकाल्ने) मेसिन राख्न लागेको छ ।

खानेपानी विस्तार अझै पूर्ण भएन

उपभोक्ता समितिका अनुसार हालसम्म कुम्मायक–१, ३, ४ र ५ वडाका दुई हजार ३०० भन्दा बढी घरसम्म खानेपानी विस्तार भएको छ । तर आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० अनुसार तीन हजार ४३ घरसम्म खानेपानी विस्तार हुनुपर्ने हो । कतिपय उपभोक्ताले अन्य स्रोतबाट समेत खानेपानी उपभोग गरिरहेकाले आयोजनाको पानी जोडेका छैनन् । कतिपय स्थानमा भने अझैसम्म खानेपानी विस्तार हुनसकेको छैन ।

उपभोक्ता समितिका अध्यक्ष निरौला डिपिआरमा उल्लेख भएअनुसार वितरणका लागि प्रयोग हुने पाइपको मात्रा दुई हजार ३०० घरमा धारा पु¥याउँदै सकिएको भन्दै निर्माण कम्पनीले थप पाइप नदिएको बताउनुहुन्छ । विस्तारको काम रोकिएपछि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले थप १५ हजार मिटर पाइप उपलब्ध गराएको थियो । “तर त्यसले समेत अपुग हुने अवस्था छ । त्यसले झण्डै ३०० घरसम्म मात्रै खानेपानी पुग्छ”, उहाँले भन्नुभयो ।

आयोजना कार्यालयका प्रमुख चौधरी भने आफू उक्त कार्यालयको प्रमुख भई आउनुअघि नै पानी उपभोग गर्ने घर सङ्ख्या करिब दुई हजार ५०० रहेको प्रमाणित भएको पाएको बताउनुहुन्छ । “घर सङ्ख्या त्यत्ति नै हो भनेर भेरिएशन भएकाले त्यत्तिकै लागि पाइप आएको हो”, उहाँले भन्नुभयो, “डिपिआरअनुसार सबै घरमा पानी पु¥याउन थप पाइप दिँदै छौँ । उपभोक्ता समितिले समेत १० प्रतिशत लगानी गर्नुपर्ने भएकाले थप काम पनि हुन्छ ।” तीन हजार ४३ घरकै लागि मिटर र फिटिङका सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

उपभोक्ता समिति भने निर्माण कम्पनीले अझैसम्म आयोजना समितिलाई हस्तान्तरण नगरेको तथा खानेपानीको विस्तारमा सहयोग नगरेको बताउँछ । “निर्माण कम्पनी भाग्न खोजेकाले आयोजनालाई चुस्त अवस्थामा पु¥याएर मात्रै अन्तिम निकासा दिन कार्यालयलाई भनिरहेका छौँ”, अध्यक्ष निरौलाले भन्नुभयो । यस्तै उपभोक्ता समितिसँग सवारीसाधन नहुँदा काम गर्न झनै कठिन परेको, प्राविधिक जनशक्ति नरहेको उहाँको भनाइ छ ।

नियमित छ खानेपानी

सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको कुम्मायकमा तमोरको पानी यासोककोडाँडासम्म ल्याई वितरण थालिएपछि जनजीवन केही सहज बनेको छ । आयोजनामा नियमित प्राविधिक जटिलता आए पनि समितिले नियमित खानेपानी वितरण गरिरहेको छ । “अहिले खानेपानी नियमित आपूर्ति भइरहेको छ । ठाउँ र अवस्था हेरेर दैनिक वा दुई दिनमा एकपटक खानेपानी वितरण गर्छौँ”, अध्यक्ष निरौलाले भन्नुभयो, “आयोजनाको नियमित सञ्चालनमा कुम्मायक गाउँपालिका र सङ्घीय खानेपानी आयोजना कार्यालय इलामले सहयोग गरिरहेका छन् ।”

विगतमा मुख्य प्रसारण लाइनको काम सम्पन्न भई करिब दुई हजार घरसम्म खानेपानी विस्तार भएपछि विसं २०७६ फागुन ११ गते सो खानेपानी आयोजनाको शुभारम्भ भएको थियो । खानेपानीका मुहान सुक्दै गएपछि साविकको यासोक, स्यावरुम्बा र रानीगाउँ गाविसका लागि आर्थिक वर्ष २०७२÷७३ बाट बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण सुरु भएको थियो । यी गाविसहरूलाई सरकारले विसं २०६८ मै सुक्खाग्रस्त क्षेत्र घोषित गरेको थियो । रु ५१ करोड ३० लाख २० हजारको लागतमा निर्माण भएको आयोजनाबाट १३ हजार २६६ स्थानीयवासी लाभान्वित हुने सरकारी प्रक्षेपण छ ।

कुम्मायक–५ स्यावरुम्बाको लुबुघाटबाट तमोर नदीको पानी एक हजार ४३४ मिटर उचाइमा रहेको यासोक बजारसम्म पु¥याइ खानेपानी वितरण भइरहेको हो । विद्युतीय पम्पिङ प्रविधिको प्रयोग गरी लुबुघाटबाट विभिन्न सात स्थानमा रहेका पम्पिङ स्टेशन ९ट्याङ्की०हरुको सहायताले डाँडासम्म पानी पु¥याइएको हो । आयोजनाको प्रसारण लाइनतर्फ मुहानमा एउटा ट्याङ्की, पम्पिङ स्टेशन सातवटा, खोल्सा क्रसिङ र कार्यालय भवन एक–एक वटा, पानीट्याङ्की ११ वटा र गार्ड घर १० वटा निर्माण भएका छन् । तमोर नदीबाट डाँडासम्म पानी ल्याउने प्रसारण लाइन १७।४ किलोमिटर रहेको छ भने वितरण पाइपलाइन १९२।५१ किलोमिटर छ । वितरण लाइनतर्फ अग्नि नियन्त्रक १५ वटा, खोल्सा क्रसिङ ३४ वटा, भल्भ च्याम्बर ११५ छन् ।

यी सबै संरचना दुई वर्षअघि नै निर्माण पूरा भएका थिए । आयोजना सञ्चालनका लागि यासोक बजारबाट लुबुघाटसम्म ८।८ किलोमिटर ११ केभी विद्युत् प्रसारण लाइनसमेत विस्तार भएको छ । आयोजनाको प्रसारण लाइन प्रेरा स्वामी नारायण जेभी ललितपुर तथा वितरण लाइन कन्काई–महादेव खिम्ती–स्वामी नारायण जेभी सुनसरीले निर्माण गरेका हुन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका