उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

उद्योगमा सिलबन्दी, अनुसन्धान सुरु

काठमाण्डौ । अवैधरूपमा कीटनाशक औषधि उत्पादन गर्ने शिवशक्ति बायोप्लान्टिक उद्योग प्रालिमा जिल्ला प्रशासन कार्यालय बाराले आज सिलबन्दी गरी कारबाही प्रक्रिया सुरु गरेको छ । बाराको परवानीपुर–४ स्थित चैनपुरमा रहेको सो उद्योगले जैविक मल उत्पादन गर्ने स्वीकृति लिएर अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरेको पाइएपछि प्रशासनले सिलबन्दी गरेको जनाएको छ ।

बाराका सहायक प्रमुख जिल्ला अधिकारी देवराज सेढाईंको नेतृत्वमा खटिएको टोलीले विगत १२ वर्षदेखि अवैधरूपमा कीटनाशक औषधि उत्पादन गरिरहेको विशेषरूपमा जानकारी आएपछि सिलबन्दी गरी कारबाही प्रक्रिया अगाडि बढाइएको बताएको छ । आमउपभोक्तालाई ठगी गरेको र अवैधरूपमा उत्पादन गरेकाले त्यसको छानबिन गर्ने सहायक प्रमुख जिल्ला अधिकारी सेढाईंले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय चितवन भण्डाराले उक्त उद्योगको माघ १ गते रु नौ लाख ५० हजार मूल्य बराबरको अवैध कीटनाशक औषधिसहितको ट्रक नियन्त्रणमा लिएपछि अनुसन्धान गर्दा त्यसको अवैध कारोबारबारे प्रशासनमा जानकरी आएको बताएको छ । सो ट्रकसहित सर्लाहीका सन्तोष शाहसहित तीन जनालाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको थियो । उद्योगमा भारतीय नागरिक रामाकान्त भारती, कमलकान्त सिंह र सञ्जीत राययादवको लगानी रहेको र उनीहरु फरार रहेकाले खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका