माओवादीले एमसीसीबारे एक सुझाव कार्यदल गठन गर्‍यो

माओवादीले एमसीसीबारे एक सुझाव कार्यदल गठन गर्‍यो

नेकपा (माओवादी) केन्द्रले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसि) बारे एक सुझाव समिति तय गरेको छ ।

आज नेकपा माओबदी (केन्द्र)को पार्टि कार्यलय पेरिसडाडामा पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले उक्त कार्यदल गठन गरेको हो ।

बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताए । उहाँले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताए ।

साथै शनिबार पेरिसडाँडामा बसेको बैठकमा तीन तहकै चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफलसमेत भएको पूर्वसभामुखसमेत रहेका नेता महराले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका