WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3mOcbJk2bIcZEQ9204f5Xlsq3ZOwK0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:21:19', '', 'admlnlx', 'admlnlx')

विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा – Gaule Khabar

विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा

विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा

टिस्टुङ । नेपालका फोटो जर्नालिष्ट गणेश विष्टले खिंचेका सात तस्वीर अन्तरराष्ट्रिय छनोटमा परेका छन् । अन्तरराष्ट्रिय श्रमिक महिला दिवस–२०२१ का अवसरमा हेल्प एज इन्टरनेशनलले ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्यायलाई केन्द्रीय विषय मानेर अन्तरराष्ट्रिय रुपमा तस्वीर आह्वान गरेको थियो ।

मकवानपुर, थाहा नगरपालिका–३ का बासिन्दा विष्टले आफूले पठाएका तस्वीरमध्ये सात छनोटमा परेको जानकारी दिनुभयो । विश्वका १० देशले सहभागिता जनाएको सो प्रतिस्पर्धामा नेपालबाट एजिङ नेपालमा आबद्ध विष्टले खिंचेका सात तस्वीर प्रारम्भिक छनोटमा परेका हुन् । ‘ज्येष्ठ महिलाको आर्थिक अधिकार र न्याय अभियानमा मेरो समर्थन छ’ भन्ने जनाउन एउटा हातमाथि उठाएर खिंचिएको तस्वीर विष्ट थाहाबाट प्रकाशन हुने ‘विकास खबरपत्रिका’ साप्ताहिक र ‘थाहा टाइम्स’ अनलाइनमा फोटो जर्नालिष्टका रुपमा कार्यरत विष्टले प्रतिस्पर्धाका लागि पठाउनुभएको थियो ।
अन्तरराष्ट्रिय छनोटमा परेका तस्वीरमध्ये सबैभन्दा बढी (सात) नेपालकै छन् । त्यसपछि कम्बोडिया, फिलिपिन्स र जोर्डनका पाँचपाँच, भियतनाम, केन्या र इथियोपियाका चारचार, अर्जेन्टिना र किर्गिस्तानका तीनतीन तथा थाइल्याण्डका एक तस्वीर प्रारम्भिक छनोटमा परेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका