सिरेन बन्तवाको “बादलुको छायामुनि” सार्वजनिक (भिडियो सहित्)

सिरेन बन्तवाको “बादलुको छायामुनि” सार्वजनिक (भिडियो सहित्)

लामो समयदेखि साहित्य सिर्जनामा कलम चलाएका सिरेन बान्तावाको बादलुको छायामुनि बोलको गीत सार्वजनिक भएको छ ।

गो टो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको सो गीतमा यो समयका सुमधुर स्वरका धनी सुनिता थेगिमको स्वर रहेको छ । गीतमा आफू जन्मेको थातथलो तथा बाल्यकालको सम्झनालाई केन्द्रित गरिएको छ । तोरेम्पाहाङ्को सङ्गीत रहेको यस गीतमा छायांक तथा सम्पादन गङ्गाराम राईको रहेको छ ।

कविता तथा गीतमा लामो समयदेखी कलम चलाउदै आएका सिरेन बान्तावा गाउँले न्युजसँग गीतको बारेमा भन्छन् “आफू जन्मेको ठाउँ जो कोहीलाई स्वर्ग भन्दा सुन्दर हुन्छन् र हामीलाई यस्तो नोस्टाल्जिया ले सताईरहन्छन् । यसैले यो गीत लेखे । म गीतबाट मात्र हैन कविता र कथाबाट नि आफ्नो थातथलो सम्झने गर्छु ।”

यस अघि उनको “कि धर्ती सम्झेर प्रेम गर, हामीले देख्ने जुन घाम एउटै टेक्ने धरती एउटै हो, गोधुलिमा क्षितिज फुल्दा अधेरीले बाटो छोपेउ “ जस्ता गीतहरु बजारमा आइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका