ह्वाम्ला मायासे खिला मायासे नामक अमीर दोङको आफ्नै कथा समेटिएको म्युजिक भिडियो सार्वजनिक

ह्वाम्ला मायासे खिला मायासे नामक अमीर दोङको आफ्नै कथा समेटिएको म्युजिक भिडियो सार्वजनिक

ह्वाम्ला मायासे खिला मायासे नामक अमीर दोङको आफ्नै कथा समेटिएको म्युजिक भिडियो सार्वजनिक

गाउँले न्युज-काठमाडौं,

तामाङ साङ्गितीक आकाशमा धेरै प्रतीक्षा गरिएको तामाङ प्रेम गीत ह्वाम्ला मायासे खिला मायासे बोलको गीतको म्युजिक भिडियो आज सार्वजनिक भएको छ । तामाङ साङ्गितीक आकाश प्रेममय भैरहेको यो माहोलमा यो गितले धमाकेदार प्रवेश पाएको छ। पछिल्लो समय म्युजिक भिडियोले तामाङ चलचित्रलाई नै टक्कर दि रहेको यो समयमा यो गीतले पक्कै पनि दर्शकहरुको माया पाउने छ ।

सार्बजनिक गीतले तामाङ चलचित्र जगतका सुपरस्टार नायक अमीर दोङको आफ्नै कथा समेटिएको छ । गीतमा नायक दोङले आफ्नो बास्तबिकता र यथार्थतालाई यस म्युजिक भिडियोमा प्रस्तुत गर्नु भएको छ । गीतले कलाकारहरूको जिबन कहानिलाई यथार्थ रुप दिईएको छ । प्रस्तुत म्युजिक भिडियोमा सम्पुर्णलाई समेटिएको छ । कथा सङ्गै फाईट यश म्युजिक भिडियोमा हामिले देख्न सक्छौ ।
गीतमा शब्द, संगित बिशाल काल्तनको रहेको छ ।

स्वर भने बिशाल काल्तन र जितु लोप्चनको पाइन्छ । गीत लाई एरेन्ज, मिक्सिङ भने दिपेश प्रधान ले गर्नु भएको छ ।
गीतमा समावेश कलाकार हरु अमिर दोङ, रन्जिता लामा, शुवाङ दोङ, जस्मि तामाङ, सुस्मा मोक्तान, कुईसङ रुम्बा, मिलन स्याङतान, पदम दोङ, बिशाल थिङ आदि कलाकारहरु रहेको पाइन्छ । गीतमा निर्देशन, सम्पादन अमिर दोङले गरेका छन् भने छायांकन सुर्य लामाको रहेको छ ।
एक्सन, कलर राजु तामाङ र मेकअप बुद्धि तामाङको रहेको पाइन्छ ।

भिडियो हेर्नको लागि तलको लिन्क् मा क्लिक गर्नुहोस् ।

https://www.youtube.com/channel/UCr8Dei_NT2yweUFgQdBnAsg

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका