सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन सम्पन्न ७४ जना सेमी फाइनलमा प्रबेश

सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन सम्पन्न भएको छ ।

सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन सम्पन्न ७४ जना सेमी फाइनलमा प्रबेश

गाउले न्युज – काठमाडौं,  सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन सम्पन्न भएको छ ।

२०७६ माघ ४ शनिबार ठिमीमा रहेको चाणक्य सेकेन्डरी स्कुलमा सुपर डान्सर भक्तपुर सिजन- २ को मेघा अडिसन सम्पन्न भएको छ ।

नृत्य निर्देशक संघ नेपाल भक्तपुर शाखाको आयोजनामा सन्चालन गरिएको प्रतिस्पर्धाको अडिसनमा भक्तपुरका करिब १८ विद्यालयबाट सहभागी बिद्यार्थीहरुले विभिन्न बिधामा नृत्य प्रस्तुत गरेका थिए । मेघा अडिसन बाट ७४ जना जुनियर (कक्षा १ देखि कक्षा ५) र सिनियर (कक्षा ६ देखि १०) गरि सेमिफाइनलमा पुगेका छन् ।

मेघा अडिसनमा एटु जेट डान्स एकेडेमीका निर्देशक दिवस गिरी र नृत्य निर्देशक संघ नेपाल काठमाडौ क्षेत्र-३ का सचिव देवराज गुरुङले निर्णायक गरेका छन ।

माघ महिना भित्रमा फाइनल सकिने आयोजकका सचिव तथा कार्यक्रम संयोजक चुडामणि फुयाँलले जानकारी दिए ।

सोही कार्यक्रममा सल्लाहकार द्वारिका अधिकारी, केन्द्रीय सदस्य ऋषिकेश श्रेष्ठले शुभकामना दिएका थिए ।

https://www.youtube.com/channel/UCBI86hKRVKrCmZXAS-fTcPA

https://www.facebook.com/permalink.php?story_fbid=143920117061122&id=104590450994089

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका